
काठमाडौं । ग्लोबल ग्ल्यामर भेन्चर्सकी निर्देशक संगीता पुरीले युनिभर्सल वुमन २०२४ प्रतियोगितामा निर्णायकका रूपमा नेपालको प्रतिनिधित्व गर्नुभएको छ । युनिभर्सल वुमन एक प्रतिष्ठित ग्लोबल प्रतियोगिता हो, जसले विविधता र सशक्तीकरणका साथ विश्वभरका महिलाको प्रतिभा र उपलब्धि प्रदर्शन गर्छ ।
कम्बोडियाको नोम पेनमा दुई दिनसम्म सञ्चालित युनिभर्सल वुमन २०२४ मा ५० देशका प्रतिस्पर्धीले प्रतिस्पर्धा गरेका थिए । निर्णायकका लागि भएको संगीता पुरीको सेलेक्सनले अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिने नेपालको प्रतिबद्धतालाई मात्र नभई एक निर्णायकका रूपमा उहाँले उत्कृष्टताको पहिचान गर्न र प्रतियोगीबीच एकताको भावनालाई बढावा दिन महत्वपूर्ण भूमिका खेल्नुभएको बताइएको छ ।
युनिभर्सल वुमनकी निर्णायक तथा ग्लोबल ग्ल्यामर भेन्चर्स प्रालिकी डारेक्टर पुरीले भन्नुभयो, ‘युनिभर्सल वुमन २०२४ मा नेपालको प्रतिनिधित्व गर्न पाउँदा मैले अत्यन्तै गौरवान्वित महसुस गरेकी छु । यस्तो प्रतिष्ठित कार्यक्रममा योगदान गर्न पाउनु र विश्वभरका महिलाले देखाएको अतुलनीय प्रतिभाको साक्षी बन्न पाउनु सौभाग्यको कुरा हो । मैले यो कार्यक्रमबाट धेरै कुरा सिकेकी छु र मिस युनिभर्स नेपाल २०२४ मा सिकेका सबै कुरा लागू गर्न उत्साहित छु ।’
पुरी युनिभर्सल वुमनका जजमध्ये सबैभन्दा कम उमेरकी हुनुहुन्छ । ग्लोबल ग्ल्यामर भेन्चर मिस नेपाल युनिभर्स २०२४ को आयोजक हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच