इलाम । अन्न फल्ने जग्गामा इलामका किसानले सुन्तला खेतीबाट आम्दानी लिन थालेका छन् । राम्रो आम्दानी हुन थालेपछि किसानले अन्नबाली छोडेर सुन्तला खेती गर्दै आएका हुन् ।
लहलह पहेलपुर धान झुल्ने इलामको माईजोगमाई ४ नामसालिङ डाँडागाउँ अहिले हरियाली देख्न सकिन्छ । धान फल्ने खेतमा व्यावसायिक सुन्तला खेती यहाँका किसानले गरेको १० वर्ष भयो । सुन्तला बगानले अहिले किसानलाई अन्नबालीको तुलनामा ८० प्रतिशत बढी आम्दानी दिइरहेको छ ।
पश्चिम इलामको देउमाई नगरपालिको धुसेनीमा सुन्तला खेतीमा किसानको आकर्षण बढेको छ । धान खेतीको तुलनामा सुन्तलाबाट आम्दानी राम्रो हुने भएकाले किसानको आकर्षण बढेको हो । राम्रो धान फल्ने खेतमा धमाधम सुन्तलाका विरुवा किसानले रोपण गर्दै आएका छन् ।
धान खेतिभन्दा धेरै गुणा बढी आम्दानी सुन्तला खेतीले आम्दानी दिने भएपछि किसानको आकर्षण बढेको व्यवसायी देवराज लावतीले बताउनुभयो ।
इलाममा उत्पादन भएको सुन्तोला पश्चिम बंगालको राजधानी कलकत्ताको बजारमा समेत पुग्ने गरेको छ । इलामको १० वटा पालिकामध्ये ५ पालिकामा सुन्तोला खेती हुन्छ । किसानले धान उत्पादन हुने खेतमा सुन्तोला खेती लगाउने क्रम बढेको हो । किसानको मुख्य आम्दानीको श्रोत रहेको सुन्तलाको व्यवसायिक खेती हुने गरेपछि कृषि ज्ञान केन्द्रले अनुदानका कार्यक्रमहरु समावेस गरेको छ ।
सुन्तला खेती इलाम र पाँचथर सीमा क्षेत्र माङ्सेबुङ्ग, मिक्लाजुङ गाउँपालिकामा अहिले खेती बढ्दै गएको मिक्लाजुङ ५ का वडाअध्यक्ष अविसन लावतीले बताउनुभयो । इलामको अधिकास स्थान पारिलो क्षेत्रमा पर्ने भएकाले यहाँको सुन्तला बढी गुलियो हुन्छ । इलाममा तीन सय हेक्टर क्षेत्रफलमा सुन्तला खेती हुँदै आएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच