काठमाडौं । स्वर्गीय प्रा. ठाकुरप्रसाद पराजुली स्मृतिग्रन्थ बिहिबार एक समारोहबीच लोकार्पण भएको छ । प्रा.डा. देवीप्रसाद सुवेदीको सभापतित्वमा आयोजित सो कार्यक्रममा प्रा.डा. वासुदेव त्रिपाठी प्रमुख अतिथि रहनुभएको थियो ।
बागबजारस्थित होटल हार्दिकमा आयोजना भएको कार्यक्रममा विभिन्न विश्वविद्यालयका प्राध्यापक तथा अन्य लब्धप्रतिष्ठित विद्वानहरूको उपस्थिति थियो ।
साहित्यकार प्रा. ठाकुरप्रसाद पराजुली स्मृतिग्रन्थ प्रकाशन समिति आयोजक रहेको उक्त कार्यक्रमको सञ्चालन साहित्यकार रमेश शुभेच्छुले गर्नुभएको थियो । कार्यक्रममा गोपाल पराजुलीले स्वागत मन्तव्य राख्नुभएको थियो भने प्रा.डा. लक्ष्मण गौतम, प्रा.डा. महादेव अवस्थि, भिक्टर प्रधान तथा इन्दिरा प्रसाईँले प्रा. ठाकुर पराजुलीको व्यक्तित्व तथा लोकार्पित स्मृतिग्रन्थका बारेमा बोल्नुभएको थियो ।
आयोजित कार्यक्रम पराजुलीको प्रथम स्मृतिसभाका रूपमा समेत आयोजना भएको थियो । कार्यक्रममा नेपाली साहित्यका क्षेत्रमा महासमालोचक भनेर चिनिनुहुने यस कार्यक्रमका विशेष अतिथिसमेत रहनुभएका प्रम.डा. वासुदेव त्रिपाठीले ठाकुर पराजुलीसँगको आफ्नो सन्बन्ध र सहकार्यका बारेमा बताउँदै नेपाली साहित्यमा पराजुलीको योगदानका सम्बन्धमा प्रकाश पार्नुभयो ।
उहाँले प्रा. ठाकुर पराजुली नेपाली समालोचनाको क्षेत्रमा एक जना विशिष्ट साधक रहेको बताउनु भयो । ‘प्रा. पराजुली नेपाली प्राध्यापनको पहिलो पुस्ताको प्राध्यापक हुनुहुन्थ्यो’ डा. त्रिपाठीले भन्नुभयो । प्रा. पराजुली संस्कृत साहित्यशास्त्रको पनि ज्ञाता भएको उहाँले बताउनु भयो । स्मृतिग्रन्थ प्रकाशनमा स्वर्गीय ठाकुर पराजुलीकी श्रीमती, छोरा, बुहारी, छोरी र ज्वाइँलगायतको परिवारजनको विशेष सक्रियता रहेको थियो । कार्यक्रम सञ्चालन डा. रमेश शुभेच्छुले गर्नुभएको थियो ।
कार्यक्रममा प्रमुख अतिथिबाट स्मृति ग्रन्थमा समेटिएका लेखहरूका लेखकहरूलाई पुस्तक प्रदान गरिएको थियो । कार्यक्रमको अन्त्यमा सभापति देवीप्रसाद सुवेदीले स्वर्गीय पराजुलीको व्यक्तित्व र कृतित्वमाथि प्रकाश पर्दै कार्यक्रम समापन गर्नुभएको थियो ।
पूर्वप्राध्यापक पराजुली त्रिभुवन विश्वविद्यालयको नेपाली विभागको प्रमुखसमेत बन्नुभएको थियो । विशेष गरी समालोचनाका क्षेत्रमा सिद्धहस्त मानिनुहुने प्रा. पराजुलीको गत वर्ष निधन भएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच