महोत्तरीको समग्र विकासमा सरकारले पहल गर्छ : प्रधानमन्त्री दाहाल

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महोत्तरी जिल्लाको समग्र विकासका लागि आफूले निरन्तर पहल गर्दै आएको र आगामी दिनमा पनि त्यसलाई जारी राख्ने बताउनुभएको छ ।

महोत्तरीका सांसद, स्थानीय जनप्रतिनिधि एवं उद्योग वाणिज्य सङ्घ र राजनीतिक दल सम्मिलित प्रतिनिधिमण्डलसँग आज बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री दाहालले आगामी आर्थिक वर्षको बजेटमा महोत्तरीलाई प्राथमिकतामा राख्ने आश्वासन दिनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

जलेश्वर नगरको कार्यक्रममा सरकारको सहयोग रहने र जलेश्वर-जनकपुर-ढल्केवर करिडोरको स्तरोन्नतिलगायतका विषयमा आफूले ध्यान दिएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले सरकार सुशासनलाई केन्द्रमा राखेर देशको विकासमा निरन्तर लागिपरेको स्पष्ट पार्नुभएको थियो । रासस

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?