
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष सुरेन्द्र पाण्डेले कृत्रिम बौद्धिकता (आर्टिफिसियल इन्टेलिजेन्स) को प्रयोग विश्वमा नयाँ युगको आरम्भ गर्नाका साथै चुनौती पनि थपेको बताउनुभएको छ ।
सो पार्टीको विज्ञान तथा प्रविधि विभागले आज आयोजना गरेको कृत्रिम बौद्धिकता (आर्टिफिसियल इन्टेलिजेन्स) तथा नवीन प्रविधिका विषयक राष्ट्रिय सम्मेलनमा महासचिव पोखरेलले आधुनिक समयमा सूचना, विज्ञान र प्रविधिलाई आत्मसात् गर्नुको विकल्प नभएको उल्लेख गर्नुभयो ।
कार्यक्रममा सो पार्टीका महासचिव शङ्कर पोखरेलले प्रविधिको विकासलाई आत्मसात् गरेर मात्र समृद्धि प्राप्त गर्न सकिने बताउँदै आफ्नो पार्टीले यस क्षेत्रलाई सधैँ महत्व दिँदै आएको जनाउनुभयो । विभागका प्रमुख टङ्क कार्कीले आर्टिफिसियल इन्टेलिजेन्सको विकास, यसको प्रभाव र नीतिगत व्यवस्थाका विषयमा बहस गर्नुपर्नेमा जोड दिनुभयो ।
सो विभागका सचिव सञ्जीव रोकाहाका अनुसार कार्यक्रममा सूर्यबहादुर बस्नेत, रमेश पौडेल, डा झनक पराजुली, विवेक रानाले आर्टिफिसियल इन्टेलिजेन्सका विविध पक्षबारे प्रस्तुतिकरण गर्नुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच