मङ्गोलियामा शक्तिशाली धुलोको आँधी, जनजीवन प्रभावित

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडाैं । बलियो बतास र भारी धुलोको आँधीले मंगोलियाका केही भागहरुमा जनजीवन प्रभावित बनेको छ । देशको राष्ट्रिय आपतकालीन व्यवस्थापन एजेन्सीले यसबारेमा जानकारी गराएको हो ।

नेमाले हावाहुरी र धुलोको आँधी मध्य मंगोलिया लगायत राष्ट्रिय राजधानी उलान बातोर, अर्खांगाई र उभरखानगाई प्रान्तहरू र उम्नुगोवी, डुन्डगोवी र दोर्नोगोभीको दक्षिणी गोबी प्रान्तहरूमा २६ मिटर प्रतिसेकेण्डको हावाको गतिमा चलिरहेको बताएको छ ।

प्रतिकुल मौसम सप्ताहन्तमा जारी रहने अपेक्षा गरिएको छ । जनतालाई, विशेष गरी घुमन्ते गोठालाहरू र चालकहरूलाई सम्भावित प्रकोपहरू बिरुद्ध थप सावधानी अपनाउन आग्रह गरेको छ ।

  • सिन्ह्वाको समयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?