काठमाडौं । लक्ष्मी सनराइज बैंकले समावेशिता, समानता र सशक्तीकरणको संस्कृतिलाई बढावा दिने प्रतिबद्धतालाई जोड दिँदै महिला नेतृत्व सशक्तीकरण प्रवद्र्धन कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोग सदस्य लिली थापा, अन्तर्राष्ट्रिय मुद्रा कोषका आवासीय प्रतिनिधि टेरेसा दबान सान्चेज, एफ वान सफ्ट ग्रुपका पियुष पौड्याल तथा भायानेट कम्युनिकेसन्सकी प्रमुख कार्यकारी अधिकृत सेवा पाठकलगायतले महिला नेतृत्व र सशक्तीकरणबारे चर्चा गरेका थिए ।
लक्ष्मी सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत अजयविक्रम शाहले बैंकका महिला कर्मचारीको व्यावसायिक विकास तथा मानसिक एवं शारीरिक सुस्वास्थ्य सुनिश्चित गर्न बैंक प्रतिबद्ध रहेको बताउनुभयो । बैंकको पहलमा बृहत् मेन्टरसिप कार्यक्रम, लक्षित नेतृत्व प्रशिक्षण, गर्भावस्थाको समयमा लचिलो कार्य व्यवस्था र महिला कर्मचारी भएका कार्यालयमा स्याहार केन्द्र तथा स्तनपान कक्षको व्यवस्थालगायतका योजना समावेश रहेको उहाँले जानकारी गराउनुभयो ।
उहाँले महिलालाई व्यक्तिगत र व्यावसायिकरूपमा सक्षम बनाउने वातावरण निर्माण गर्न बैंक प्रयत्नशील रहेको उल्लेख गर्दै उत्पीडन र भेदभावका मामलामा शून्य सहनशीलता कायम गर्ने नीतिमार्फत् सबैका लागि मनोवैज्ञानिकरूपमा सुरक्षित र सम्मानजनक कार्यस्थल बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच