![दाम्पत्य जीवनमा दरार : फिका यौन–जीवनदेखि सामाजिक-आर्थिक आयामको रूपान्तरण](https://ehimalayatimes.com/wp-content/uploads/2024/02/mm-jodi.jpg)
काठमाडौं । ग्लोकल आफ्टर स्कुलको आयोजनामा स्किल विक कार्यक्रमको पाँचौँ संस्करण सुरु भएको छ । कार्यक्रमले रोजगारीमा चाहिने सीपका लागि इको सिस्टम निर्माण गर्ने उद्देश्य राख्छ । स्किल विक एकहप्ते कार्यक्रम हो, जसमा विभिन्न सीपमूलक तालिमलगायत सीपयुक्त कार्यशाला, तालिम, केस अध्ययनलगायत मनोरञ्जनलाई मध्यनजर गर्दै सीपलाई विभिन्न आयामबाट प्रस्तुत गर्न कोसिस गरिने आयोजकले जनाएको छ ।
कलकारखाना, शैक्षिक संस्था एवं सरकारी निकायसँगको साझेदारीको लक्ष्य लिई तिनै क्षेत्रबाट सीपमूलक रोजगारीका अवसर, बढ्दोे सीपप्रतिको महत्व, व्यापार, सेवा, आधुनिक प्रविधिदेखि कला, संस्कृति झल्किने किसिमले सीपको महत्व उजागर गर्ने लक्ष्यका साथ स्किल विक अप्रिल ८ सम्म सञ्चालन हुने भएको छ ।
१५ देखि ३० वर्षकाले कार्यक्रममा सहभागिता जनाउन सक्नेछन् र सोही कार्यक्रमबाट सीप विकासबारे जानकारी लिन सक्नेछन् । सम्पूर्ण आवेदन निःशुल्क हुनेछन् र युवाले सीपका विभिन्न किसिमका क्षेत्रको बजारको माग एवं सीपको महत्वबारेमा जानकारी पाउनेछन् । स्किल विकले युवालाई विभिन्न सीपबारेमा अन्वेषण गर्न, आफू संलग्न हुन एवं ज्ञान हासिल गर्न सहयोग पुग्ने आयोजकले जनाएको छ ।
कार्यक्रममा चार फरक सीप क्षेत्रमा प्रदर्शन गरिनेछ । जसअन्तर्गत कला र संस्कृति, उद्यमशीलता, पर्यटन तथा आतिथ्य र विज्ञान र प्रविधि रहेका छन् । कार्यक्रमका मुख्य विशेषता छलफल, सीपमूलक प्रस्तुति, केस अध्ययन प्रतियोगिता, प्रतिस्पर्धा, कार्यशाला तथा मनोरञ्जन रहेका छन् । सो अवसरमा विभिन्न संघसंस्थाद्वारा अनलाइन तथा अफलाइन तालिम एवं कार्यशाला प्रदान गरिनेछ भने अप्रिल ६ मा स्किल फेस्ट नामक रमाइलो कार्यक्रम किंग्स कलेजमा हुनेछ ।
यस वर्षको सीप सप्ताह चारवटा विषयमा आधारित छ, जसमा हरित इकोसिस्टम, डिजिटल रूपान्तरण, अन्तर्राष्ट्रिय कनेक्टिभिटी र डुअल–भेट अप्रेन्टिससिप पर्छन् । अप्रिल ७ मा राउण्ड टेबल छलफल हुनेछ भने सो समारोहलाई लक्षित गरेर सिइओ अनप्लग्ड २०२४ नामक भव्य कार्यक्रम हुनेछ । स्किल विक कार्यक्रमको महत्वपूर्ण पक्ष स्किल हिरो अवार्ड रहेको छ । स्किलको क्षेत्रमा योगदान दिएका पाँच व्यक्तित्वलाई सम्मानित गरिने आयोजकले जनाएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल चेम्बर अफ कमर्सको सहयोग रहेको कार्यक्रममा युरोपियन युनियन, भारतीय दूतावास, युनएचसिआर, स्विस एजेन्सी इन्स्योर, काठमाडौं महानगरपालिका, होण्डा, कोका-कोला, ब्रिटिस काउन्सिल, शिभा, वल्र्ड लिंक र काठमाडौं वल्र्ड स्कुल साझेदारले पनि सहकार्य गरेका छन् । पहल साझेदारमा सोल्टी काठमाडौं, यति एयरलाइन्स, खल्ती, किंग्स कलेज, होटल संघ नेपाल र नाडालगायत रहेका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच