शिक्षा, स्वास्थ्य र रोजगार जनताकाे अधिकार हो : अध्यक्ष लिङ्देन

फाइल तस्बिर

हिमालय टाइम्स
Read Time = 2 mins

विराटनगर । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्दनेले शिक्षा, स्वास्थ्य र रोजगार जनताका अधिकार भएको बताउनुभएको छ । राप्रपा मोरङद्वारा आज विराटनगरको महेन्द्र चोकमा आयोजित ‘जनजागरण सभा’लाई सम्बोधन गर्दै उहाँले जनताका आधारभूत अधिकार प्रत्याभूत गर्न सरकार जिम्मेवार हुनुपर्ने बताउनुभयो ।

उहाँले अन्य राजनीतिक दलले मिसन-८४ भनिरहेको अवस्थामा राप्रपा मिसन-८१ मै लागेको बताउनुभयो । उहाँले यही चैत २७ गते काठमाडौंमा विशालसभा गर्न लागेको जानकारी पनि गराउनुभयो ।

सो पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले देश बनाउन सबै राजनीतिक दल मिल्नुपर्ने भन्दै दलहरुका राष्ट्रिय हितका विषयमा इमान्दार बन्नुपर्नेमा जोड दिनुभयो । महामन्त्री प्रल्हादप्रसाद साहले मुलुकको उद्योगधन्दा धराशायी भएको चर्चा गर्दै युवालाई स्वदेशमै रोजगार दिन र अर्थतन्त्रलाई सबल बनाउन उद्योग स्थापना हुनुपर्ने धारणा राख्नुभयो । राप्रपाका प्रवक्ता भक्तिप्रसाद सिटौलाले नेपालमा बहुदल आएको ३५ वर्ष नाघिसक्दा पनि नेताहरुमा बहुदलीय चरित्र र अभ्यास नदेखिएकाले नेपाली जनता समस्यामा पर्दै गएको बताउनुभयो ।

यसअघि आजै अध्यक्ष लिङ्देनले पार्टी सत्ताकेन्द्रित गतिविधिमा नलाग्ने बताउनुभएको थियो । विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उहाँले पार्टी प्रदेश वा सङ्घीयको सरकार निर्माण गर्ने वा भत्काउने कुनै पनि खालको चलखेलमा सामेल नहुने नीति रहको स्पष्ट पार्नुभयो । रासस

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?