एजेन्सी । इटालियन सिरी ‘ए’मा लिग लिडर इन्टर मिलानले एम्पोलीमाथि २-० को जित निकालेको छ । सोमबार राती घरेलु मैदान सान सिरोमा इन्टरलाई जित दिलाउन फेडेरिको डिमार्को र एलेक्सिस सान्चेजले गोल गर्नुभयो । खेलको पाँचौँ मिनेटमा डिमार्कोले गोल गर्दै इन्टरलाई अग्रता दिलाउनुभएको थियो । उहाँले अलेसेन्ड्रो बास्टोनी पासलाई पोस्टको दिशा दिनुभएको हो ।
सान्चेनले ८१औँ मिनेटमा गोल गर्दै इन्टरलाई २-० को अग्रतामा राख्नुभयो । उहाँले डेन्जेल डम्फ्रिजले उपलब्ध गराएको बललाई जाली चुमाउनुभएको थियो । यसपछि थप गोल भएन । इन्टरले तीन अंक निश्चित गर्यो ।
जितसँगै तालिकाको शीर्ष स्थानमा रहेको आसिन इन्टरले ३० खेलबाट ७९ अंक जोडेको छ । रेलिगेसन क्षेत्रमा संघर्षरत इम्पोली समान खेलबाट २५ अंकसहित १८औँ स्थानमा छ । इम्पोली रेलिगेसन क्षेत्रभन्दा माथि रहेको फ्रोसिनोनभन्दा गोल आधारमा पछाडि छ ।
यसैबीच लिगको अर्को खेलमा रोमा र लेसे बराबरीमा रोकिएका छन् । एटोर जिआर्डिनिएरो स्टेडियममा सोमबार राती सम्पन्न खेलमा रोमा घरेलु टोली लेसेसँग गोलरहित बराबरीमा रोकिएको हो । बराबरीसँगै ३० खेल खेलेको रोमा ५२ अंकसहित पाचौँ स्थानमा यथावत् छ । लेसे १३औँ स्थानमा छ । समान खेल खेलेको लेसेको २९ अंक रहेको छ ।
अल अहलीसँग इतिहाद पराजित
साउदी प्रो लिगमा अल अहलीले अल इतिहादमाथि कठिनपूर्ण जित हासिल गरेको छ । किंस अब्दुल्लाह स्पोर्ट्स सिटीमा सोमबार राती सम्पन्न खेलमा अहलीले करिम बेन्जिमा सम्मिलित इतिहादलाई १-० गोल अन्तरले पराजित गरेको हो । अहलीको जितमा फिरास अल-बुराइकनले गोल गर्नुभएको थियो । उहाँले खेलको ३४औँ मिनेटमा रोबर्टो फर्मिनोको पासमा गरेको गोल नै निर्णायक बन्यो । जितसँगै अहलीले २६ खेलबाट ५१ अंक जोडेको छ । अहली अंक तालिकाको तेस्रो स्थानमा यथावत् छ । इतिहाद समान खेलबाट ४६ अंक जोड्दै चौथो स्थानमा रहेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच