कायरो । इजिप्टका राष्ट्रपति अब्देल-फताह अल-सिसीद्वारा तेस्रो कार्यकालका लागि शपथ लिनुभएको छ । गत डिसेम्बरमा भएको निर्वाचनमा उहाँ पुनः राष्ट्रपतिमा निर्वाचित हुनुभएको थियो । इजिप्टमा संविधान अनुसार राष्ट्रपतिको कार्यकाल छ वर्षको हुने गर्दछ । राष्ट्रपति सिसीले नयाँ संसद् भवनमा शपथ लिनुभएको हो ।
डिसेम्बरको निर्वाचनमा सिसीले झण्डै ९० प्रतिशत मत प्राप्त गर्नु भएको थियो । उहाँका विपक्षी उम्मेदवारले लगातार तेस्रो पटक खासै उल्लेखनीय मत प्राप्त गर्न सकेका छैनन् । करिब छ करोड ७० लाख मतदाता रहेको इजिप्टमा गत डिसेम्बरमा सम्पन्न चुनावमा करिब ६७ प्रतिशत मतदान भएको थियो ।
इजिप्टको पूर्वी सीमाक्षेत्रमा अवस्थित गाजामा इजरायल-हमास युद्ध भड्किएपछि डिसेम्बरको चुनाव पनि छायाँमा परेको थियो । उक्त युद्धको असर गाजासँगै छिमेकी मुलुक इजिप्टसम्म फैलिन सक्ने अनुमानबीच इजिप्टमा राष्ट्रपतिको चुनाव भएको थियो ।
अल–सिसी सन् २०१४ मा पहिलो पटक राष्ट्रपतिमा निर्वाचित हुनुभएको थियो । उहाँ सन् २०१८ मा दोस्रो कार्यकालका लागि विजयी हुनुभएको थियो । सन् २०१९ मा संविधान संशोधन पश्चात् अल-सिसीको कार्यकाल दुई वर्ष थप्नुका साथै तेस्रो कार्यकालका लागि चुनाव लड्न बाटो खोलिएको थियो ।
इजिप्टको राष्ट्रपतिमा अल-सिसीलाई चुनौती दिने कुनै उम्मेदवार चुनावी मैदानमा थिएनन् । राष्ट्रपतिका अन्य प्रतिस्पर्धीहरू चुनावी प्रचारमा सहभागी भएका थिएनन् । रासस/एपी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच