दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले पदबाट राजीनामा दिनुभएको छ ।
प्रदेश सभा बैठकलाई सम्बोधन गर्दै चौधरीले राजीनामाको घोषणा गर्नुभएको छ ।
नेकपा (माओवादी केन्द्र) ले समर्थन फिर्ता लिएपछि नेपाली कांग्रेस संसदीय दल नेतासमेत रहनुभएका मुख्यमन्त्री चौधरी नेतृत्वको सरकार अल्पमतमा परेको थियो।
उहाँले आजको बैठकबाट विश्वास मत लिने तयारी गरेपनि बहुमत पुग्ने नदेखिएपछि पदबाट राजीनामाको घोषणा गर्नुभएको हो ।
प्रदेशसभाको चौथो अधिवेशनको पहिलो बैठकमा सम्बोधन गर्दै उहाँले राजीनामा घोषणा गर्नुभएको हो ।
प्रदेश सभाको कार्यसूची अनुसार चौधरीले आज विश्वासको मतको प्रस्ताव राख्नु पर्ने थियो । तर विश्वासको मत पाउने संभावना नदेखेपछि सम्बोधनकै क्रममा राजीनामा दिनुभएको हो ।
नेपाली कांग्रेस संसदीय दलका नेता रहनुभएका चौधरी ८ दलका ५३ सांसदको समर्थनमा मुख्यमन्त्री बन्नुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच