इलाम । आगामी बैशाख १५ गते हुने उपनिर्वाचनकालागि इलाम क्षेत्र नं. २ मा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।
बिहिवार आयोजित एक कार्यक्रमबीच इलाम सदरमुकामस्थित वार एशोसिएशनको भवनमा कार्यालय उद्घाटन गरिएको हो ।
सो अवसरमा जिल्लास्थित राजनीतिक दल, सुरक्षा निकाय, उम्मेद्वार लगायतले निर्वाचनलाई स्वच्छ र धाधलीरहित बनाउन सवै पक्ष जिम्मेवार भएर लाग्नु पर्नेमा जोड दिएका छन् ।
निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतमा जिल्ला अदालत इलामका मुख्य न्यायाधीश केशव कुमार घिमिरेलाई निर्वाचन आयोगले चयन गरेको छ । २०७९ को निर्वाचनमा प्रतिनिधिसभामा इलाम २ बाट निर्वाचित एमाले उपाध्यक्ष तथा संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको गत भदौ २६ गते निधन भएपछि उप चुनाव हुन लागेको हो ।
चैत्र २४ गते उम्मेद्वारले मनोनयन दर्ता गर्ने कार्यक्रम छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच