
काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले राजीनामा दिनुभएको छ ।
प्रदेश सभामा विश्वासको मत पाउने अवस्था सिर्जना नभएपछि उहाँले बिहीवार साँझ प्रदेश प्रमुखसामु राजीनामा दिनुभएको हो ।
शाहले प्रदेश प्रमुख नजिर मियाँलाई राजीनामा बुझाउनु भएको हो । केन्द्रमा नयाँ गठबन्धन बनेपछि शाह नेतृत्वको सरकार अल्पमतमा परेको थियो ।
नागरिक उन्मुक्ति पार्टी (नाउपा)लाई मन्त्रालय दिएर सरकार टिकाउने प्रयत्न गरे पनि राप्रपाले सहयोग नगरेपछि अन्तत उहाँ राजीनामा दिन वाध्य हुनु भएको हो ।
मुख्यमन्त्री शाहले बिहिवार दिउसो ३ बजेको प्रदेश सभाको बैठकमा विश्वासको मत लिने कार्यसूची थियो। तर, विश्वासको मत पाउने वातावरण नभएपछि साँझ ५ बजेका लागि बैठक सारिएको थियो। तर, ५ बजेपनि मुख्यमन्त्री शाहको पक्षमा बहुमत नजुटेपछि उहाँले राजीनामा बुझाउनु भएको हो ।
माओवादी केन्द्र र एकीकृत समाजवादीले प्रदेशका मुख्यमन्त्री शाहको साथ छोडेकाले उहाँ अल्पमतमा हुनुहुन्थ्यो। सरकारले कुनै पनि पार्टीको साथ गुमाएपछि सदनबाट ३० दिन भित्र विश्वासको मत लिनु पर्ने कानुनी प्रावधान रहेको छ। नागरिक उन्मुक्ति र काँग्रेसको मात्र मुख्यमन्त्री शाहलाई समर्थन रहेको थियो।
नागरिक उन्मुक्ति पार्टी, राप्रपा र एक जना स्वतन्त्र प्रदेश सभा सदस्यको मत पाउने आशामा मुख्यमन्त्री शाह हुनुहुन्न्थो। तर, नागरिक उन्मुक्ति पार्टीले मत नदिने भएपछि राप्रपा र स्वतन्त्र प्रदेश सभा सदस्यले पनि मत नदिने भनेपछि मुख्यमन्त्री शाह समस्यामा देखिनुभएको थियो।
सुदूरपश्चिममा माओवादी केन्द्र, एमाले, एकीकृत समाजवादी पार्टीसहितको नयाा गठबन्धनको प्रदेश सरकार गठनका लागि बाटो खुल्ला भएको छ।
सुदूरपश्चिममा काँग्रेसका १८, माओवादी केन्द्रका ११, एमालेका १०, नागरिक उन्मुक्तिका सात, एकीकृत समाजवादीका चार, राप्रपाका एक र एक जना स्वतन्त्र प्रदेश सभा सदस्य रहेका छन्। सुदूरपश्चिममा बहुमतको सरकार गठनका लागि २७ जना प्रदेश सभा सदस्यको मत आवश्यक हुन्छ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच