कंगोमा बिद्रोहीहरूको आक्रमणबाट १० जनाको मृत्यु

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडाैं । पूर्वी प्रजातान्त्रिक गणतन्त्र कंगो (डीआरसी) मा एलाइड डेमोक्रेटिक फोर्स (एडीएफ) विद्रोहीहरूले गरेको आक्रमणमा कम्तीमा १० नागरिकको मृत्यु भएको स्थानीय स्रोतले बताएको छ । स्थानीय नागरिक समाजका अनुसार, एडीएफ विद्रोहीहरूले उत्तरी किभु प्रान्तको बेनी क्षेत्रमा अवस्थित गाउँ मङ्गोडोमुमा घुसपैठ गरेका थिए । जुन क्षेत्र २०२१ देखि सेना र प्रहरी प्रशासनको अधीनमा छ ।

नागरिक समाजका अध्यक्षले बिद्रोहीहरुको घुसपैठको निन्दा गर्नुभयो । उहाँले बिद्रोहीहरुले नागरिकहरुको हत्या गरेको र लुट मच्चाएको आरोप लगाउनु भयो ।

मे २०२१ देखि यी दुई प्रान्तहरूलाई घेराबन्दीमा राखिएको छ । जहाँ नागरिक अधिकारीहरूलाई सेना र प्रहरी अधिकारीहरूले प्रतिस्थापन गरेका छन् ।

  • सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?