काठमाडौं । समृद्धि फाइनान्सको पुतलीसडक कार्यालयले शुक्रबार निःशुल्क दन्त तथा आँखा परीक्षण र परामर्श शिविर आयोजना गरेको छ । मानवताको सेवा नै जीवनको सर्वोत्तम कार्य भन्ने मर्मलाई आत्मसात गर्दै शंकरदेव क्याम्पसअगाडि ट्याक्सी स्ट्याण्डमा शिविर आयोजना गरिएको कम्पनीले जनाएको छ ।
आर्सिया डेन्टल तथा जेजिएस आई केयरको प्राविधिक सहयोगमा भएको शिविरमा आँखा तथा दन्त रोगका विशेषज्ञ डाक्टरले सेवा प्रदान गरेका थिए । दन्त परीक्षणमा दुई सय ८० र आँखा परीक्षणमा तीन सय २९ सेवाग्राहीले परीक्षण तथा परामर्श सेवा लिएको कम्पनीले जनाएको छ ।
कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत हरेक महिनाका लागि फरक–फरक कार्यक्रम तय गरेकोमा चैतमा निःशुल्क दन्त तथा आँखा शिविर सञ्चालन गरेको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच