कविता : वीर अमरसिंह

हिमालय टाइम्स
Read Time = 1 min

✍️ अनुराधा थापा

वीर अमरसिंह थापा लडे मातृभूमिकै खातिर
हुनगयो सुगौली सन्धि मानेन वीर योद्धाको मन
लाग्यो युगपुरुषको ठेस आत्मसम्मानमा
लागे विरक्त भई हिमशिखर उत्तरापन्थमा

(१)
वैदिक कालमा प्राणी कल्याण हेतु
कालकूट विष राखी शिवले कण्ठमा
डाह छट्पटी भई, हुन गयेथ्यो शिवबाट
अमृत त्रिशूलधारको सिर्जना

(२)
अमरसिंहले त्यागे आफ्नो प्राण
पिउँदै जल ती पवित्र धाममा
त्यही पवित्र हिमशृंखला गोसाइँकुण्डमा
यस लोकबाट बिदा भई प्रवेश गरे
चिर निन्द्रमा नेपाल आमाको काखमा

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?