महानगरपालिकाभित्र भारतीय सिनेमा चल्न दिन्नौं : बालेन साह

फाइल तस्बिर

Read Time = 3 mins

काठमाडौं । काठमाडौं महानगरपालिकाले आज (सोमबार) देखि काठमाडौं महानगरपालिकाभित्रका हलमा भारतीय सिनेमाको प्रदर्शनमा रोक लगाउने भएको छ । महनागर पालिका मेयर बालेन साहले सामाजिक सञ्जालमार्फत् आइतबार भन्नुभएको छ, ‘भारतीय चलचित्र आदिपुरुषबाट आपत्तिजनक अंश नहटाएसम्म काठमाडौं महानगरमा कुनै पनि भारतीय चलचित्र प्रदर्शन गर्न भोलिदेखि निषेध गरिएको छ ।’

मेयर साहले सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयलाई पत्र लेखेर कूटनीतिक तहबाट भारतमा पनि उक्त अंश हटाउन आग्रह गर्नुभएको थियो नेपालमा भने उक्त संवाद हटाएर चलचित्र चलिरहेको छ ।

मेयर शाहले सामाजिक सञ्जलामार्फत लेख्नुभएको छ, ‘नेपालको स्वतन्त्रता, स्वाधीनता र स्वाभिमानलाई अक्षुण्ण राखी राष्ट्रहितको रक्षा गर्नु प्रत्येक सरकार, सरकारी निकाय, गैरसरकारी क्षेत्र र नेपाली नागरिकको पहिलो कर्तव्य हुने कुरामा कुनै सन्देह छैन ।’

उहाँले सोमबारदेखि सबै भारतीय चलचित्र चल्न निषेध गरिएको पनि जानकारी गराउनुभएको छ । उहाँले भन्नुभएको छ, ‘काठमाडौं महानगरपालिका क्षेत्रभित्र उक्त राष्ट्रहितविपरीतका चलचित्रको प्रदर्शनलाई निषेध गरेरमात्र देशभित्रका अन्य क्षेत्र र विदेशमा सो चलचित्र प्रदर्शन हुन दिने हो भने त्यसले भ्रामक तथ्य स्थापित गर्ने भएकाले उक्त चलचित्रबाट आपत्तिजनक अंश नहटाएसम्म काठमाडौं महानगरमा कुनै पनि भारतीय चलचित्र प्रदर्शन गर्न भोलिदेखि निषेध गरिएको छ ।’

बालेनले भन्नुभएको छ, ‘नेपालको संविधानको धारा ५ र ५६ को उपधारा (६) ले संघ, प्रदेश र स्थानीय सरकारलाई राष्ट्रिय हितको संरक्षण गर्ने जिम्मेवारी तोकेको छ । उक्त चलचित्र यथावत् प्रदर्शन भएमा नेपालको राष्ट्रियता, सांस्कृतिक एकता र राष्ट्रिय विभूतिमाथि ठाडो प्रहार भई अपूरणीय क्षति हुने देखिन्छ । उक्त चलचित्रबाट नेपालमाथि सांस्कृतिक अतिक्रमण भएको हुँदा यस महानगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको छ ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?