शैक्षिक सत्र सुरु नहुँदै जुम्लामा पुग्यो पाठ्यपुस्तक

विजय रावत जुम्ला, संवाददाता
Read Time = 3 mins

जुम्ला । हिमाली जिल्ला जुम्लामा यो वर्ष समयमै पाठ्यपुस्तक पुगेको छ । बितेका वर्षमा पाठ्यपुस्तक समयमै नपुग्ने जुम्लामा यो पटक नयाँ शैक्षिक सत्र सुरु नहुँदै जिल्लामा पाठ्यपुस्तक पुगेको जुम्ला सदरमुकाम खलङ्गा बजारमा रहेको जीपी स्टेशनरीका संचालक गणेश रोकायाले बताउनुभयो ।

शैक्षिक सत्रसुरु हुनु एक महिना अघि नै पाठ्यपुस्तक जिल्लामा पुगि सकेको छ । जीपी स्टेशनरीका संचालक रोकायाले भन्नुभयो,“ जिल्लाका स्थानीय तहमा रहेका केही विद्यालयले पाठ्यपुस्तक खरिद गरेर लिएका छन् । अहिलेसम्म पातारासी गाउँपालिकाका चारवटा, गुठिचौरका दुईवटा र तिलाका चारवटा विद्यालयले पाठ्यपुस्तक लिएकाछन् । अरु स्थानीय तहका विद्यालयले समयमै पाठ्यपुस्तक लिन सकिने संचालक रोकायाको भनाइ छ ।

सरकारले हिमाली जिल्लामा माघ मसान्त भित्रै जनक शिक्षा सामग्री केन्द्रबाट पुस्ताई छपाई गरेको हुनाले यो वर्ष सहज भएको हो । विद्यालय संचालन हुनु पहिले प्रत्येक विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पुग्ने भएको छ । यही चैत ११ गते जिल्लामा पाठ्यपुस्तक पुगेको हो । अहिले पहिलो चरणमा कक्ष १ देखि १० सम्मका एक/एक हजार सेट पुस्तक जीपी स्टेशनरीमा पुगि सकेको संचालक रोकायाले जानकारी दिनुभयो । कक्ष १ देखी १० सम्मका पाँच/पाँच सय पाठ्यपुस्तक शनिबार पुगेको सध्या स्टेशनरीका संचालक सुनम खड्काले जानकारी दिनुभयो ।

सूचिकृत भएका फर्मबाट पाठ्ययुस्तक विद्यालयले खरिद गरेर लिने गरेको सिंजा गाउँपालिका शिक्ष शाखा प्रमुख शंकर धितालले जानकारी दिनुभयो । पाठ्यपुस्तक खरिद गरेर तिलाका सबै विद्यालयमा समयमै पुर्‍याउन विद्यालयलाई परिपत्र गरेको तिला गाउँपालिकाले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?