दाङ । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री जोखबहादुर महराले आज पद तथा गोपनीयताको शपथ लिंदै हुनुहुन्छ ।
नयाँ सत्ता समीकरणसँगै यसअघि नेपाली काँग्रेसका तर्फबाट मुख्यमन्त्री रहेका डिल्लीबहादुर चौधरीले बिहीबार राजीनामा दिएपछि शुक्रबार महरा मुख्यमन्त्री नियुक्त हुनुभएको थियो । प्रदेश प्रमुखको कार्यालयमा दिउँसो १ः४५ बजे शपथ ग्रहणको कार्यक्रम राखिएको छ ।
मुख्यमन्त्री महराले आजै सानो आकारको मन्त्रिमण्डल गठन गर्ने तयारी समेत गर्नुभएको छ । शपथ ग्रहणमा मुख्यमन्त्रीसहित माओवादी केन्द्र, एमाले तथा साना दलहरुबाट सहमतिअनुसार एक-एक जना विनाविभागीय मन्त्रीहरु सहभागी हुने बताइएको छ ।
मन्त्रीको नाम टुंगो लगाउन एमाले र माओवादीलाई सकस परेको छ । एमालेबाट उपनेता चेतनारायण आचार्य, रूपन्देहीका तुलसी चौधरी, बाँकेका रत्न खत्री वा दुर्गा चौधरी, कपिलवस्तुका विष्णु पन्थी वा अर्जुन केसी, रूपन्देहीका भूमिश्वर ढकाल, गुल्मीका दिनेश पन्थीसहितका सांसदको नाम अगाडि आएको छ । माओवादीबाट दाङका इन्द्रजित थारू, बाँकेकी कृष्ण केसी र रोल्पाका दिपेन्द्र पुनमध्येबाटै मन्त्री बन्ने सम्भावना छ ।
पाँच राजनीतिक दलका ४७ र एक स्वतन्त्र गरी ४८ सांसदको समर्थनमा महरा मुख्यमन्त्री वन्नुभएको छ । माओवादी केन्द्रले मुख्यमन्त्रीसहित ३ मन्त्रालय, एमालेले सबैभन्दा ठूलो दलको हैसियतले ५ मन्त्रालय, जनता समाजवादी पार्टी जसपाले २ तथा एकीकृत समाजवादी र स्वतन्त्र सांसदले पालैपालो नेतृत्व गर्नेगरी एक मन्त्रालय दिने सहमति भएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच