काठमाडौं । चलचित्र ‘यो मन त मेरो नेपाली हो’ बन्ने भएको छ । पद्मा ईश्वर इन्टरटेन्मेन्ट प्रा.लि.को प्रस्तुतिमा मित्र प्रधान (नर)को प्रस्तुतिमा निर्माण हुन लागेको चलचित्र ‘यो मन त मेरो नेपाली हो’ ले विदेशमा रहेका नेपालीको मुद्दालाई उठान गर्ने बताइएको छ ।
अमेरीकामा रहेका नेपाली भुटानी साहित्यकार मित्र प्रधान (नर)ले निर्देशन गर्ने यो चलचित्रले नेपाली भाषा, साहित्य, कला, यसको इतिहास, महत्व र नेपाली भाषाको गौरवसँगै नेपालीको हुन् भन्ने विषयवस्तुलाई उठान गर्न खोजेको निर्देशक प्रधानले जानकारी गराउनुभयो ।
शिवम् अधिकारीको लेखनमा निर्माण हुनलागेको चलचित्रले विश्वका विभिन्न देशहरूमा बसोबास गर्दै आएका नेपालीहरूले आफ्नो कला, संस्कार, संस्कृति बिर्संदै गएको हुँदा चलचित्रको माध्यमबाट नेपाली भाषाप्रतिको आकर्षण, महत्व र इतिहास दर्साउन खोजिएको बताइएको छ ।
चलचित्रमा अमेरिका, म्यानमार, भुटान र इण्डियागरी चार देशका चारजना नेपाली भाषी अभियन्ताहरू नेपाल आएर, नेपाली भाषाको अध्ययन अनुसन्धानगरी नेपाली भाषाको महत्व, नेपाली वीरता र गोर्खालीहरूको हुन् ? नेपालीहरू कसरी भुटान, म्यानमार, इण्डियासम्म पुगे र त्यहाका नेपालीहरूको अवस्था कस्तो छ भनेर यो चलचित्रले बोल्दछ । चलचित्र विसुद्ध राष्ट्र, राष्ट्रियता र नेपाली भाषाप्रति प्रेरित गर्ने चलचित्र रहेको लेखक शिवम् अधिकारीले बताउनुभयो ।
चलचित्रको छायांकन मंसिर ६ गतेबाट सुरु हुँदैछ । चलचित्रको पहिलो छायाँकन पाँचथरबाट सुरुगरी झापा हुँदै, सिक्किम, म्यानमार, देहरादुन, क्यानडा, अमेरिकालगायत देशहरूमा हुने जनाइएको छ । यस चलचित्रमा अध्ययन अनुसन्धान बढी गर्नुपर्ने भएको हुँदा निर्माणमा बढी समय लाग्नसक्ने निर्माण कम्पनीको अनुमान छ । चलचित्रको करिब ६० प्रतिशत छायांकनका लागि बुधबारदेखि टिम मुभ हुँदैछ ।
चलचित्रको मुख्य पात्रहरू रोशन श्रेष्ठ, विल्सनविक्रम राई, बुद्धि तामाङ ‘हैट’, विजय बराल, आयुषा समाल, सञ्जित भण्डारी, मेग सुवेदी, सुशान्त श्रेष्ठ, ध्रुव दत्तलगायतको अभिनय रहनेछ ।
मित्र प्रधान (नर) को कथा तथा निर्देशन रहेको चलचित्रमा दीपक शर्माको संगीत, सौरब लामाको छायांकन, श्री श्रेष्ठको द्वन्द्व, कविराज गहतराजको कोरियोग्राफी छ । चलचित्रमा मुख्य सहायक निर्देशन रामबाबु खड्का, कला निर्देशन रोशन रम्तेल ‘दिवाना’ र निर्माण नियन्त्रक सुमन काफ्लेको रहनेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच