काठमाडौं । आज दुर्लभ सूर्य ग्रहण लाग्दैछ । चैत्र मास अमावस्याका दिन लाग्ने यो सूर्य ग्रहण ५४ वर्षपछि लाग्ने दुर्लभ सूर्य ग्रहण हो ।
खगोलविद्हरूका अनुसार यो ५४ वर्षयताकै सबैभन्दा लामो सूर्य ग्रहण हुनेछ । यसको अवधि ५ घण्टा १० मिनेटको हुनेछ ।
ज्योतिषशास्त्र अनुसार यो सूर्य ग्रहण विशेष हो । यो सूर्य ग्रहण सोमवार राति ८ बजेर ५७ मिनेट जाँदा शुरू भएर मंगलबार बिहान २ बजेर ७ मिनेटसम्म लाग्नेछ ।
यो सूर्य ग्रहण अमेरिका, मेक्सिको र क्यानडाबाट देख्न सकिने नासाले जनाएको छ । अमेरिकाका टेक्सास, ओहियो, न्युयोर्कलगायत १३ ठाउँबाट देख्न सकिने छ । अमेरिकामा चार मिनेट नौ सेकेण्डसम्म पूर्ण अँध्यारो हुने वैज्ञानिकहरुले बताएका छन् । यो सूर्य ग्रहण मीन राशि र रेवती नक्षत्रमा लाग्न गइरहेको छ ।
यो सूर्य ग्रहण सुतक कालमा लागेकाले भारतबाट हेर्न नमिल्ने त्यहाँको सञ्चारमाध्यम आजतकले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच