मिचिएको संविधानलाई ट्रयाकमा ल्याउन नागरिकता विधेयक प्रमाणीकरण गरियो : प्रधानमन्त्री

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा दुई दुईपटक पारित गरेर पठाएको नागरिकता विधेयक प्रमाणीकरण नगरेर तत्कालीन राष्ट्रपतिबाट संविधान मिचिएको बताउनु भएको छ ।

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा सांसदहरुको प्रश्नको उत्तर दिँदै उहाँले नागरिकता विधेयक प्रमाणीकरण नगरेर राष्ट्रपतिबाट संविधान मिचिएको बताउनु भयो ।

संघीय संसदको दुवै सदनले दुईपटक पारित गरेर प्रमाणीकरण गर्न पठाएको नागरिकता विधेयक रोकेर तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान मिचेको बताउनु भयो । मिचिएको संविधानलाई ट्रयाकमा ल्याउन वर्तमान राष्ट्रपतिबाट नागरिकता विधेयक प्रमाणीकरण भएको प्रधानमन्त्री प्रचण्डको भनाइ छ ।

सरकार परिवर्तनसँग आउने नयाँ सरकारले पूर्ववर्ती सरकारले गरेका कार्यलाई निरन्तरा दिनुपर्ने भन्दै उहाँले संसद पनि अविछिन्न उत्तराधिकार संस्था रहेको बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?