काठमाडौं । सुदूरपश्चिम प्रदेशकी सांसद इन्दिरा गिरी पदमुक्त हुनुभएको छ ।
नागरिक उन्मुक्ति पार्टीकी सांसद रहनुभएकी गिरीलाई पार्टीको निर्देशन नमानेको भन्दै सांसदबाट हटाउन पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले प्रदेश सभामा निवेदन पठाउनुभएको थियो ।
समानुपातिक सांसद गिरीलाई फिर्ता बोलाएको सूचना प्रदेशसभामा दर्ता गरेपछि आज सभामुख भीम भण्डारीले उहाँलाई पदमुक्त गरेको सूचना सार्वजनिक गर्नुभएको हो ।
कमल शाह नेतृत्वको सरकारमा सहभागी नहुन दिइएको निर्देशन अटेर गरेको भन्दै नाउपाले गिरीलाई कारबाही गरेको हो ।
गिरी शाह सरकारमा राज्यमन्त्री हुनुहुन्थ्यो। नाउपाले गिरीलाई पदमुक्त गर्दै तीर्थराज बोहराको नाम सिफारिस गरेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच