काठमाडौं । काठमाडौंको बौद्धस्थित हायात रिजेन्सी हो आइतबार साँझ फेशन, स्टाइल र ग्ल्यामरमय बन्यो । नमुना कलेज अफ फेशन टेक्नोलजीको १८औं ब्याचका ७१ जना ग्राजुएटिङ फेशन डिजाइनहरूले तयार पारेका आठवटा क्रिएटिभ वेयर गरी ७९ वटा सिर्जनाहरू र्याम्पमाथि प्रस्तुत गरिएको थियो ।
नमुना कलेजका संस्थापक प्रिन्सिपल ज्ञानी शोभा तुलाधरको रनवे उपस्थितिसँगै शुभारम्भ भएको उक्त ग्र्याजुएसन फेशन शो ‘निर्मिति नव्यता’ शीर्षकमा आयोजना भएको थियो । शान्ति र समृद्धिको सुन्दर संयोजनमा डिजाइन गरिएको सकारात्मकता, स्वावलम्बन, सीप र शिक्षाको भाव झल्किने डिजाइन र साडीमा उपस्थित ज्ञानी शोभा तुलाधरको रनवे उपस्थितिलाई शान्ति र समृद्धिलाई झल्काउने विविध तत्वबाट प्रेरित पहिरनमा सजिएका मोडलले साथ दिए ।
कोरियोग्राफर तथा निर्देशक रोजिन शाक्य रहेको कार्यक्रममा २३ जना युवती मोडल र नौजना युवा मोडलको प्रस्तुतिमा रहेको फेशन शो को सम्पूर्ण मेकिङ कलेजको १८औं ब्याचका ७१ जना विद्यार्थी डिजाइनरहरूको आयोजना, व्यवस्थापन तथा प्रस्तुतिमा भएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच