
काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले सरकार निजी क्षेत्रसँग सहकार्य गरेरै अघि बढ्ने बताउनुभएको छ । अमेरिकी चेम्बर अफ कमर्सका प्रतिनिधिसँग सोमबार मन्त्रालयमा भएको भेटमा उहाँले निजी क्षेत्रको मनोबल बढाउने गरी सरकारले काम गरिरहेको बताउनुभएको हो ।
‘सरकार र निजी क्षेत्रबीच आपसी साझेदारी र विश्वाससाथ काम गरौँ भन्नेमै सम्माननीय प्रधानमन्त्री र मेरो जोड छ ।’
लगानी सम्मेलनको वातावरण बनाउन लगानीसम्बन्धी ऐनका दर्जन प्रावधानमा संशोधन गर्न लागिएको र संशोधन वैदेशिक लगानी आकर्षित गर्नमात्र नभई आन्तरिक लगानीको वातावरण निर्माणका लागिसमेत भएको मन्त्री पुनको भनाइ थियो । मुलुकमा तीव्र आर्थिक विकासका लागि आन्तरिक स्रोत परिचालनमात्र पर्याप्त नहुने भएकाले बाहृय लगानी आकर्षित गर्नैपर्नेमा पनि उहाँले जोड दिनुभयो । मन्त्री पुनले भन्नुभयो, ‘नेपालमा लगानीको वातावरण बनाउनुपर्छ भन्नेमा राजनीतिक दलहरूबीच मतैक्य छ । सरकारले पनि निजी क्षेत्रलाई ‘ड्राइभिङ’ सिटमै राखेर काम गर्ने हो, सरकार र निजी क्षेत्रबीच आपसी साझेदारी र विश्वाससाथ काम गरौँ भन्नेमै सम्माननीय प्रधानमन्त्री र मेरो जोड छ ।’
लगानी वातावरणका लागि नीतिगत निरन्तरता र स्थायित्व हुनुपर्नेमा सरकार स्पष्ट रहेको भन्दै उहाँले पछिल्लो डेढ दशकमा जलविद्युत् र सिमेन्ट उद्योगको विकासमा भएको प्रगतिको कारण नीतिगत स्थायित्व भएको जिकिरसमेत गर्नुभयो । मन्त्री पुनले भन्नुभयो, ‘कमरेड प्रचण्ड गणतन्त्र नेपालको प्रथम प्रधानमन्त्री हुनुभएको समयमा लिएको नीतिका कारण आज हाइड्रोपावरमा हामीले धेरै प्रगति गरेका छौँ । १० हजार मेगावाट विद्युत् भारतमा निकासीको वातावरण बनेको छ । यस्तै, सिमेन्ट उद्योगका लागि सडक र बिजुलीको व्यवस्था सरकारले गरिदिएका कारण सिमेन्ट निर्यातको वातावरण बनेको छ । यो सबै नीतिगत निरन्तरताका कारण भएको हो ।’
साथै उहाँले नेपालले आइटी क्षेत्रलाई पनि प्राथमिकतामा राख्नुपर्ने आवश्यकता आँैल्याउनुभयो । उहाँले भन्नुभयो, ‘हाम्रोजस्तो भूपरिवेष्ठित मुलुकका लागि अन्य उत्पादनको बाहृय बजार खोज्नुभन्दा सजिलो आइटी प्रोडक्टको उत्पादनको बजार खोज्न हुन्छ, आइटी सेक्टर प्रवद्र्धनका लागि नीतिगत निरन्तरता हुने गरी काम गर्छौं ।’ अध्यक्ष निर्मलकाजी श्रेष्ठको नेतृत्वमा आएको चेम्बरको प्रतिनिधि मण्डलले अर्थतन्त्र सुधारका लागि विभिन्न सुझाव दिएको थियो ।
आर्थिक सुधारको प्रतिबद्धता खोजिने
उद्योग वाणिज्य दिवस एवं महासंघको ५८औँ साधारणसभामा महासंघले आर्थिक सुधारको प्रतिबद्धता खोज्ने भएको छ । भारतीय लगानीकर्ताको सहभागिता रहने महासंघको साधारणसभा एवं उद्योग वाणिज्य दिवसको उद्घाटन समारोहमा आर्थिक सुधारका लागि राजनीतिक प्रतिबद्धता खोजिने महासंघले जनाएको छ । बुधबार हुने उद्घाटन समारोहमा प्रमुख राजनीतिक दललाई निम्त्याएको छ ।
यसपटकको साधारणसभामा भारतीय उद्योग परिसंघका प्रेसिडेन्ट देसिग्नेट सञ्जीव पुरी वक्ताका रूपमा रहनुभएको छ । सभामा भाग लिन पुरीको नेतृत्वमा भारतीय लगानीकर्ताको सहभागिता रहने महासंघले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच