
रुपन्देही । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा चैत्र २८ गते रुपन्देही आउने हुनु भएको छ ।
सहिद यादव नाथ आलोकको पूर्ण कदको मुर्ति अनावरण कार्यक्रमको लागि सहिद यादव नाथ आलोक स्मृति केन्द्र तिलोत्तमा १३ बनकट्टीमा आउने कार्यक्रम रहेको छ ।
सभापति शेरबहादुर देउवाको प्रमुख आतिथ्यतामा सहिद यादव नाथ आलोकको पूर्ण कदको मुर्ति अनावरण कार्यक्रम रहेकोले तिलोत्तमा आउन लाग्नु भएको तिलोत्तमा कांग्रेसले जनाएको छ ।
काँग्रेसको पार्टी संगठनका क्रममा २०४० फागुन २० गते रुपन्देहीको सुरजपुरामा भएको घटनामा घाईते भई दिवंगत भएका रुपन्देहीका सहिद यादवनाथ आलोक हुन् ।
उक्त कार्यक्रममा बहुदल विरुद्धको समुहले आक्रमण गरेको थियो । जहाँ यादवनाथ आलोक र रामप्रसाद चौधरीले ज्यान गुमाउनु पर्यो भने शेरबहादुर देउवाको ओठमा काटेको थियो । उक्त घटनामा देउवासहित २७२ जना घाईते भएका थिए ।
कांग्रेस रुपन्देहीका सभापति राकृष्ण खाँणले सहिद यादव नाथ आलोकको पूर्ण कदको मुर्ति अनावरण कार्यक्रममा सहभागी हुन सबैलाई आग्रह गर्नु भएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच