जति स्वादिलो त्यति पोषिलो निगुरो

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । हाम्रो खानपान नै हाम्रो स्वास्थ्य हो । तरकारी खानु स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । हरेक दिन सबैले आफ्नो आहारमा तरकारीलाई समावेश गर्नुपर्छ । तरकारीमा धेरै पोषक तत्वहरू हुन्छन्, जसले हाम्रो शरीरलाई स्वस्थ राख्न मद्दत गर्छ । वर्षायाम चलिरहेको छ र यस मौसममा केही अनौठा तरकारीहरू पनि फल्छन्, जुन स्वास्थ्यका लागि निकै चमत्कारी साबित हुन सक्छ । तीमध्ये एक हो निगुरो ।

यो तरकारी विश्वकै शक्तिशाली तरकारीमा गनिन्छ । निगुरो खास गरेर जंगलमा पाइन्छ भने पछिल्लो समय कतै–कतै यसको खेती गर्ने गरेको पनि पाइन्छ । यो जंगली तरकारी खाँदा शरीर निकै बलियो बन्न सक्छ । यो तरकारीका अचम्मका फाइदाहरू रहेको विज्ञहरूको भनाइ छ ।

निगुरोको तरकारीलाई प्रोटिन, क्याल्सियम र भिटामिनलगायतका धेरै पोषक तत्वको खजाना मानिन्छ । फ्याटी एसिड र प्रशस्तमात्रामा एन्टिअक्सिडेन्ट हुन्छ यसमा । यो तरकारीमा पोटासियम पनि प्रशस्त हुन्छ । यसमा क्यालोरी र फ्याट कम हुन्छ, जसका कारण यो तरकारी स्वास्थ्यका लागि चमत्कारी मानिन्छ । निगुरोको अचार पनि खान सकिन्छ ।

वेब एमडीको रिपोर्टअनुसार निगुरोको तरकारीलाई प्रोटिन, क्याल्सियम र भिटामिनलगायतका धेरै पोषक तत्वको खजाना मानिन्छ । करिब एक कप निगुरोको तरकारीमा ६ ग्राम प्रोटिन, तीन ग्राम फाइबर, दुई मिलिग्राम आइरन, ३१ मिलिग्राम भिटामिन सी, आठ ग्राम कार्बोहाइड्रेट र एक ग्राम बोसो हुन्छ ।

निगुरोमा फ्याटी एसिड र प्रशस्तमात्रामा एन्टिअक्सिडेन्ट हुन्छ । यो तरकारीमा पोटासियम पनि प्रशस्त हुन्छ । यसमा क्यालोरी र फ्याट कम हुन्छ, जसका कारण यो तरकारी स्वास्थ्यका लागि चमत्कारी मानिन्छ । निगुरोको अचार पनि खान सकिन्छ ।

निगुरो वनजंगलमा आफैं पलाउँछ । यो उन्यु प्रजातिको घाँस हो । पहाड र तराई सबैतिरको जंगलमा निगुरो पाइन्छ । तर, यसको जातमा केही भिन्नता हुन्छ । साथै स्वाद पनि फरक हुन्छ । तुलनात्मक रूपमा पहाडको जंगलमा पाइने निगुरो बढी स्वादिलो हुन्छ । निगुरोलाई कतिपय ठाउँमा न्युरो वा निहुरो पनि भनिन्छ । पहाडमा कालो निगुरो बढी रुचाइन्छ । यसैगरी तराईमा हरियो । निगुरो यतिबेलाको मौसमी सागसब्जी हो । वनजंगलमा आफैं उम्रने भएकाले यसमा कुनै रासायनिक मल वा विषादी प्रयोग हुँदैन ।

विज्ञहरूका अनुसार निगुरो जस्तै देखिने सबै वनस्पति खान लायक भने हुँदैन । कतिपय निगुरो जस्तै देखिने वनस्पति विषाक्त हुन्छ । निगुरोको तरकारी टिपेर खाँदा कतिपय बिरामी परेको खबर पनि बारम्बार आउने गर्छ । त्यसैले आफूले चिनेको अवस्थामा मात्र निगुरो खोज्ने, टिप्ने वा किन्ने गर्नुपर्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?