![बर्दियामा पौडी खेल्ने क्रममा डुबेर एक जनाको मृत्यु](https://ehimalayatimes.com/wp-content/uploads/2022/04/Dubera-nidhan-Water-mirtu-Hita.jpg)
सुर्खेत । कर्णाली प्रदेश सरकारको पहिलो पटक नेतृत्व गर्दै नेकपा एमाले तेस्रो पटक सरकारमा सहभागी भएको छ ।
एमाले र नेकपा माओवादी केन्द्र बिच बनेको सत्ता गठवन्धनमा कर्णाली एमालेको भागमा परेपछि २१ चैतमा मुख्यमन्त्री राजकुमार शर्माले राजीनामा दिनुभएको थियो ।
सत्ता गठवन्धनमा भएको सहमती अनुसार मंगलबार एमाले संसदीय दलका नेता यामलाल कँडेलले माओवादीको समर्थनमा मुख्यमन्त्रीमा दावी पेश गरेसँगै कर्णालीमा एमाले सरकारमा सहभागी भएको हो ।
शर्माले मुख्यमन्त्रीबाट राजीनामा दिएसँगै प्रदेश प्रमुख तिलक परियारले दलहरुलाई बहुमत पु¥याएर सरकार निर्माणका लागि दावी पेश गर्ने मिति आजलाई तोक्नुभएको थियो । सोही अनुसार दावी पेश भएपछि कँडेल मुख्यमन्त्री नियुत्त हुनु भएको छ ।
कँडेललाई एमालेका १०, माओवादीका १३ र समाजवादीका एक सांसदको समर्थन छ । ४० सदस्यीय प्रदेशसभामा सरकार बनाउन चाहिने आवश्यक संख्या २१ हो । जसमा गठवन्धनको पक्षमा २४ जना सांसद छन् । कँडेललाई सभामुख बाहेक २३ जना बहुमत सांसदको समर्थन छ ।
कँडेलले मुख्यमन्त्रीमा दावी पेश गरेपनि मन्त्रालय भागवण्डाको विषय भने टुंगिएको छैन । कर्णालीमा सत्ता फेरबदल केन्द्रीय सहमति अनुसार भएको हो । केन्द्रको सहमति अनुसार एमालेलाई सत्ता हस्तान्तरण गर्न नचाहेका शर्माले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्देशन पछि अन्तिम समयमा आएर राजीनामा दिनुभएको थियो। माओवादीले कर्णालीमा सभामुखसहित बजेट धेरै हुने चार वटा मन्त्रालय माग गरेपछि नयाँ सरकार बन्न ढिला भएको थियो ।
सत्ता साझेदार दल माओवादीले आर्थिक मामिला तथा योजना मन्त्रालय आफूहरुले पाउनुपर्ने माग अघि सारेपछि भागवण्डामा कुरा नमिलेको जनाइएको छ । प्रदेश सरकारको दोस्रो कार्यकालमा एमाले सरकारमा सहभागि भएको यो दोस्रो पटक हो ।
१० पुस २०७९ मा माओवादी–एमालेबिच बनेको गठबन्धन भत्किएपछि २६ चैत २०७९ मा सरकारबाट बाहिरिएको एमाले त्यसको ठिक एक वर्षपछि सरकारको नेतृत्वसहित सरकारमा इन्ट्री मारेको हो । उतिबेला एमालेको समर्थनमा माओवादीका राजकुमार शर्मा मुख्यमन्त्री बन्नुभएको थियो भने एमालेबाट तीनजना मन्त्री सरकारमा सहभागी भएका थिए ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच