काठमाडौं । संगीतरत्न वरिष्ठ संगीतकार शम्भुजित बाँस्कोटालाई दीर्घ साधना सम्मान अर्पण गरिएको छ । काठमाडौंमा सम्पन्न भएको तेस्रो राष्ट्रिय ब्राण्ड म्युजिक अवार्ड २०८० को विषेश समारोहमा उहाँलाई उत्त सम्मान अर्पण गरिएको हो ।
पूर्वमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का सचिव गिरिराजमणि पोखरेलले बाँस्कोटालाई २१ हजार १२१ रुपैयाँ नगदसहित दोसल्ला ओढाएर सम्मान अर्पण गर्नुभएको थियो ।
नेपाली सांगीतिक क्षेत्रमा बाँस्कोटाको योगदानको कदर गर्दै उहाँलाई दीर्घ साधना सम्मान गरिएको आयोजकले जनाएको छ । विगत लामो समयदेखि नेपाली गीतसंगीतको क्षेत्रमा बाँस्कोटाले अतुलनीय योगदान पु¥याएको भन्दै उहाँकोे उच्च प्रशंसा गरिएको थियो ।
समारोहमा गायक प्रमोद खरेल, एलिना चौहान र उर्गेन दोङलगायतलाई सम्मान गरिएको थियो । लोकदोहोरी गायक चन्द्र शर्माको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन शशी शर्मा मजगैयाले गर्नुभएको थियो । उत्त अवसरमा विभिन्न ५० विधामा अवार्ड वितरण गरिएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच