काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लेखापरीक्षकसहित दुई जनाविरुद्ध बुधबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा चलाएको छ।
सार्वजनिक सम्पत्ति हानी नोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा कास्कीको सदाशिव प्राथमिक विद्यालय, कास्कीकोटका तत्कालीन प्रधानाध्यापक कृष्णप्रसाद सुवेदी र लेखापरीक्षक कृष्णप्रसाद गौतमविरुद्ध विशेषमा मुद्दा दायर भएको हो।
प्रधानाध्यापक सुवेदीले विद्यालयमा भएको भवन निर्माण समितिको निर्णयमा आफूखुसी थपघट गरेर ३ लाख ७७ हजारभन्दा बढी रकम भ्रष्टाचार गरेको आरोप अख्तियारले लगाएको छ ।
सो कार्यमा लेखापरीक्षक गौतमले पनि सघाएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले बुधवार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
उनीहरूविरुद्ध ३ लाख ७७ हजार २३६ रुपैयाँ ७५ पैसा जरिवाना र कैद सजायको माग पनि अख्तियारले गरेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच