चौथो कौसी क्विन-२०८० लागि आवेदन खुला

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । कौसी खेती प्रवद्र्धनका लागि चौथो ‘कौसी क्विन-२०८०’को आवेदन खुला भएको छ । प्रज्ञान क्रियसन प्रालिद्वारा सञ्चालित हलोखबर डटकमले विगत तीन वर्षदेखि कौसी क्विन प्रतियोगिता आयोजना गर्दै आएको छ । आयोजक संस्थाका अध्यक्ष मनोज श्रेष्ठका अनुसार विजेताले कौसीमा ग्रिन हाउस उपहार पाउनेछन् भने क्यानडामा हुने कृषि अवार्डमा कौसी खेती विधाबाट सिधै भाग लिन जान पाउनेछन् ।

कौसी खेती प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित प्रतियोगितामा भाग लिन कौसी खेती गर्दै गरेका कम्तीमा १० वटा फोटो र १० मिनेटसम्मको भिडियो पठाउनुपर्नेछ । सामाजिक सञ्जाल र निर्णायकतर्फबाट ५०-५० प्रतिशत नम्बरका आधारमा उत्कृष्ट छनोट हुने बताइएको छ ।

प्रतियोगितामा सहभागी हुन शुल्क लाग्ने छैन भने सहभागी भएबापत एक हजार बराबरको कौसी खेतीका सामग्री पाइनेछ । सर्वोत्कृष्ट पुरस्कार अर्थात् कौसी क्विनले ३० हजार मूल्य बराबरको कौसीमा ग्रिन हाउस तथा फस्ट रनरअप, सेकेण्ड रनरअप र थर्ड रनरअप हुनेले क्रमशः २०, १५ र १० हजार बराबरको कौसी खेतीका सामग्रीहरू पाउनेछन् । आवेदनका लागि भदौ १५ गतेसम्म समय तोकिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?