![प्रहरी समायोजनलाई मूर्त रुप दिन छलफल तिब्र पारेका छौँ : उपप्रधानमन्त्री लामिछाने](https://ehimalayatimes.com/wp-content/uploads/2024/04/rabi-lamichhane-3.jpg)
काठमाडौं । विवेक सन्तोषीको दुई गोल प्रेरित आरसी ३२ स्पोर्ट्स क्लबले शहीद स्मारक ‘सी’ डिभिजन लिगमा बागमती क्लबविरुद्ध ३-० को सहज जित निकालेको छ । बुधबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा सम्पन्न खेलमा आरसीलाई जित दिलाउन विवेक सन्तोषीले दुई र बबिन बोहराले एक गोल थप्नुभयो ।
खेलको १०औँ मिनेटमा बबिनको गोलमा आरसीले अग्रता बनाएको थियो । २८औँ मिनेटमा विवेकले गोल गरेपछि पहिलो हाफमा आरसीले २-० को अग्रता बनाएको थियो । दोस्रो हाफमा विवेकले दोस्रो गोल गरेपछि आरसीले ३-० सहज जित निकालेको हो ।
जितसँगै दुई खेलबाट ६ अंक जोडेको आरसी तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । समान खेलबाट तीन अंक जोडेको बागमती तालिकाको पाँचौँ स्थानमा छ । आरसीले यसअघि पहिलो खेलमा खालीबारी युथ क्लबविरुद्ध १-० को जित निकालेको थियो । यस्तै, बागमतीले भने सानेपाविरुद्ध ३-१ को जित निकालेको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच