
पोखरा । प्रजातन्त्रवादी प्राध्यापक संघ नेपाल, पृथ्वीनारायण क्याम्पस इकाइ समितिको आयोजनामा ‘समसामयिक राजनीतिक अवस्थामा प्राध्यापकको भूमिका’ विषयक अन्तर्क्रिया सम्पन्न भएको छ । प्रमुख वक्ता वरिष्ठ पत्रकार एवं राजनीतिक विश्लेषक पुरुषोत्तम दाहालले वर्तमान सत्ता गठबन्धनको धरातलीय यथार्थ, विदेशी शक्ति केन्द्रको स्वार्थ, देशभित्रको परिस्थितिलगायत विभिन्न आयामबारे गहिरो चिरफार गर्नुभएको थियो भने प्रजातन्त्रवादी प्राध्यापक संघ नेपालका केन्द्रीय सचिव डा.विष्णु पोखरेलले विश्वविद्यालयको वर्तमान स्थिति, खुला प्रतिस्पर्धाको नाममा गरिएका अवान्छित चलखेललगायत विभिन्न पक्षबारे चर्चा गर्नुभएको थियो ।
अन्तक्र्रिया कार्यक्रममा प्रजातन्त्रवादी प्राध्यापक संघका केन्द्रीय उपाध्यक्ष कमलप्रसाद सापकोटा प्रा.डा.कुसुमाकर न्यौपानेलगायतले आ-आफ्ना भनाइ राख्नुभएको थियो । संघका अध्यक्ष देविलाल शर्मा तिमिल्सिनाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन मदनप्रसाद बरालले गर्नुभएको थियो ।
कार्यक्रममा पृथ्वीनारायण क्याम्पस र बिन्दवासिनी संस्कृत क्याम्पसका करिब ४० जना प्राध्यापक सहभागी रहेको पृथ्वीनारायण क्याम्पसका उपप्राध्यापक विष्णुप्रसाद शर्माले जानकारी गराउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच