काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपिएल) मा राजस्थान रोयल्सले पहिलो हार ब्यहोरेको छ । बुधबार रातिभएको खेलमा राजस्थान गुजरात टाइटनसँग तीन विकेटले पराजित भएको हो ।
राजस्थानले दिएको १९७ रनको चुनौती गुजरातले ३ विकेट गुमाएर अन्तिम बलमा भेट्टायो ।गुजरातका लागि अन्तिम बलमा २ रन आवश्कय थियो। ब्याटिङमा रासिद खान थिए। उनले १० बलमा २० रन बनाइसकेका थिए। अन्तिम बलमा चौका प्रहार गर्दै उनले १९९ रन बनाएर अपराजित राजस्थानलाई पाँचौं खेलमा पहिलो हार चखाएर गुजरातका लागि रोचक जित दर्ता गराएका हुन्।
पहिलो खेलमा पराजित राजस्थान ५ खेल खेल्दै ८ अंकसहित तालिकाको शीर्ष स्थानमा छ। ६ वटा खेल खेलेको गुजरात तीन खेलमा पराजित भएको छ। ६ अंक जोडेको गुजरात तालिकाको छैठौं स्थानमा छ।
टस जितेर गुजरातले राजस्थानलाई सुरुमा ब्याटिङको निम्तो दिएको थियो। गुजरातका लागि कप्तान सञ्जु स्यामसन र रियान परागले अर्धशतकीय इनिङ खेले। कप्तान सञ्जुले नटआउट ३८ बलमा ६८ रन बनाए। परागले ४८ बलको सामना गर्दै सर्वाधिक ७६ रन जोडेका थिए।
ओपनर यशस्वी जैसवाल १९ बलमा २४ रन बनाएर आउट हुँदा जोस बटलर १० बल खेल्दै ८ रनमा आउट भएका थिए। सिंम्रन हेटमायर ५ बलमा १३ रन बनाएर नटआउट रहे। तीन विकेटको क्षतिमा राजस्थानले १९६ रन बनाएको थियो।
गुजरातका लागि उमेश यादव, रासिद खान र मोहित शर्माले एकएक विकेट हात पारे। १९७ रनको लक्ष्य पछ्याएको गुजरातका लागि कप्तान सुभमन गिलले ४४ रनमा सर्वाधिक ७२ रन बनाए। साई सुदर्शन ३५, राहुल तेवाटिया २२, विजय शंकर १६ रनमा समेटिए। रासिद खानले नटआउट ११ बलमा २४ रन बनाए भने अन्य ब्याट्सम्यानले दोहोरो अंग जोड्न सकेनन्।
राजस्थानका लागि कुलदीप सेन ३, युजवेन्द्र चहल २ र आवेश खानले एक विकेट हात पारे। आईपिएल अन्तर्गत बिहीबार मुम्बई इन्डियन्स र आरसिबीको प्रतिस्पर्धा हुँदैछ। यो खेल साँझ ७स्४५ मा सुरु हुनेछ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच