ओखलढुंगा । ओखलढुंगा जिल्लाको खिजीदेम्बा गाउँपालिकामा चटयाङ लागेर एक पुरुषको मृत्यु भएको छ ।
गाउँपालीकाको वडा नं ४ खिजीकातीस्थित लोसा निवासी ३८ वर्षिय बमन बहादुर तामाङको चटयाङ लागेर मृत्यु भएको हो । बिहिबार बेलुका करिब ७ः३० बजेको समयमा घरमा चिया पिउदै गरेको अवस्थामा चटयाङ लागेको बताएका छन् । दिनभरी खेतबारीमा काम गरेर घरमा आएका तामङ घरभित्र परिवार सँगै बसेर चिया खाई रहेका थिए । बिजुली चम्कीदै गड्याङ्ग गरेको आवज सँगै ढलेको र उपचारका लागि स्थानिय स्वास्थ्य चौकी लगिएको थियो । स्वास्थ्य चौकी पु-याउने बितिक्कै मृत घोषणा गरिएको किशोर सुनुवारले जानकारी दिनुभयो ।
बिहिबार बेलुका हावाहुरी र वर्षा सँगै आएको चटयाङमा परि घरमै बसिरहेका तामङको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । घरमा भने कुनै क्षती नभएको पनि बताएका छन् । सँगै बसेका परिवार, श्रीमती र ४ छोरीहरु सकुशल भएको पनि सुनुवारले बताउनु भयो । जेठी छोरी कक्षा ११ मा माइली छोरी कक्षा ९ मा अध्ययनरत छन् भने दुईवटा छोरीहरु नाबालक रहेका छन् ।
चट्याङ्गमा परि मृत्यु भएपछि स्थानियबासीले प्रहरीलाई खबर गरेका थिए । प्रहरी चौकी रावादोलुबाट प्रहरीको टोली तत्काल घट्नास्थल पुगी घट्नास्थल सुरक्षीत गरिएको र शुक्रबार बिहान ईलाका प्रहरी कार्यालय खिजीफलाटेबाट प्रहरी निरिक्षकको टोली घट्नास्थल पुगेको थियो ।
आवश्यक सम्पुर्ण कानूनी प्रकृया पुरा गरी पोष्टमार्टमको लागि जिल्ला अस्पताल रुम्जाटार पठाईएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी एवं प्रहरी निरिक्षक बलिस्टार सिँहले जानकारी दिनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच