‘काँडेतार’ फागुनमा आउने

Read Time = 2 mins

काठमाडौं । चलचित्र ‘काँडेतार’को प्रदर्शन मिति घोषणा गरिएको छ । यो चलचित्र फागुन २५ गतेदेखि देशभरका सिनेमाघरमा आउने भएको हो । सीमाको रक्षामा केन्द्रित रहेको चलचित्र राष्ट्र र राष्ट्रियतामा केन्द्रित रहेको निर्देशक नवल खड्कका बताउनुहुन्छ । चलचित्रले देशको सीमा रक्षाका लागि काँडेतार लगाउनुपर्नेमा जोड दिएको छ ।

राष्ट्र र राष्ट्रियताप्रति समर्पित रहेकाले चलचित्रलाई आर्थिक अनुदान र कर छुट दिन उहाँले सरकारसँग माग पनि गर्नुभएको छ । सिंगल रिलिजको अवसर प्रदान गर्न पनि उहाँको आग्रह छ ।

सामना फिल्म्स प्रालि व्यानरमा निर्माण गरिएको यो चलचित्रमा नवल खड्का, गौरव पहारी, रेविका गुरुङ, सुरविना कार्की, मुरलीधर, प्रेम सुब्बालगायत कलाकारको अभिनय छ । चलचित्रको कथा निर्देशक नवल स्वयंले तयार पार्नुभएको हो ।

नवल खड्का, माकिको राई र अञ्जु केसीको निर्माण रहेको चलचित्रको कार्यकारी निर्माता सत्यकला राई हुनुहुन्छ । मणि थापा र दीपक शर्माको संगीत रहेको यो चलचित्रमा सौरभ लामाको छायांकन, श्री श्रेष्ठको द्वन्द्व र कविराज गहतराजको नृत्य छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?