![नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो](https://ehimalayatimes.com/wp-content/uploads/2023/05/Share-Bazar-Share-Market-Nepse.jpg)
काठमाडौं । ओमनमा जारी एसीसी प्रिमियर कपमा नेपालले लगातार दोस्रो जित निकालेको छ । नेपालले दोस्रो खेलमा कतारलाई ३२ रनले पराजित गरेको हो ।
ओमानको अल अमरेत क्रिकेट मैदानमा नेपालले दिएको २११ रनको विशाल लक्ष्य पछ्याएको कतारले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर जम्मा १७८ रनमात्र बनाउन सक्यो ।
कतारका लागि कप्तान मोहम्मद तनवीरले ३३ बलमा ६३ रन, मोहम्मद अनाफले २३, कमरान खानले १८, अदान मिर्जाले १९, हिमांशु राथोडले २२ रन जोडे पनि टिमको जितका लागि पर्याप्त भएन ।
टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २१० रन बनाएको थियो । नेपालका दीपेन्द्रसिंह ऐरीले सर्वाधिक २१ बलमा ६४ रनको आक्रामक अविजित खेले । दीपेन्द्रले अन्तिम ओभरमा ६ छक्का प्रहार गरेका थिए । योसँगै उनी एकै ओभरमा ६ छक्का प्रहार गर्ने पाचौं खेलाडी बनेका छन् ।
ओपनर आसिफ शेखले ५२, कुशल मल्लले ३५, कप्तान रोहित पौडेलले १८, सन्दीप जोराले ७, कुशल भुर्तेलले १२, गुल्सन झाले ५ र विवेक यादवले ५ रनको योगदान दिए । बलिङमा कतारका हिमान्शु राथोडले ३, मुशावर शाहले ३ र अमिर फारुकले एक विकेट लिए । नेपालले पहिलो खेलमा मलेसियालाई ५ विकेटले पराजित गरेको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच