काठमाडौं । मुगु, खानेपानी सिंचाई तथा उर्जा विकास कार्यालयका कार्यालय प्रमुख राजिव रिमालसहित ५ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानूनी लाभ तथा हानी पुर्याएको आरोपमा विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।
अख्तियारले प्रमुख राजिव रिमालसहित सव–इन्जिनियर नरबहादुर लावड, उपभोक्ता समितिका अध्यक्ष तेजबहादुर शाही, उपाध्यक्ष हिराबहादुर शाही र सचिव तीर्थबहादुर शाहीविरुद्ध विशेष अदालतमा आइतबार मुद्दा दर्ता गरेको जनाएको छ ।
अख्तियारले मुगुको सोरु गाउँपालिका ५ स्थित नेर सिंचाइ आयोजनाको पाइपलाइन निर्माणका क्रममा गलत विवरण बुझाइ उपभोक्ता समितिलाई गैरकानुनी लाभ र सरकारलाई हानी नोक्सानी पुर्याएको दाबी गरेको छ ।
अख्तियारका प्रवक्ता नरहरि घिमिरेका अनुसार उनीहरुले सिंचाइ आयोजनाको पाइपलाइन १७ सय हुनुपर्नेमा ८१२ मिटर मात्रै बनाएको र पूरा भएको भनी झूठो विवरण पेश गरी पहिलो, दोस्रो बिल स्वीकृत गरेर ५ लाख ६१ हजार रुपैयाँ अनियमितता गरेको पाइएको छ।
उनीहरूलाई सोही रकम बराबर बिगो कायम गरी असुलउपर गर्न मागदाबी गरिएको प्रवक्ता घिमिरेले जानकारी दिनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच