काठमाडौं । इंग्ल्याण्डको ‘सी’ टिमसँग हुने मैत्रीपूर्ण फुटबलका लागि नेपालको प्रारम्भिक राष्ट्रिय टोलीको घोषणा भएको छ । नेपाली टिमका मुख्य प्रशिक्षक भिन्चेन्सो अल्बर्टो एनेसले आइतबार नेपालको प्रारम्भिक टोली घोषणा गर्नुभएको हो । नेपालले वैशाख २४ गते (मे ६ तारिख) सोमबार इंग्ल्याण्डमा मैत्रीपूर्ण खेल खेल्नेछ । खेल एल्डरसटको इबिबी रंगशालामा हुँदैछ ।
नेपालसँग प्रतिस्पर्धा गर्न लागेको इंग्ल्याण्ड ‘सी’ राष्ट्रिय टोलीकै मान्यता प्राप्त टोली हो । इंग्ल्याण्ड ‘सी’ ले इंग्ल्याण्डको प्रतिनिधित्व गर्दै विभिन्न मुलुकसँग मैत्रीपूर्ण खेल खेल्दै आएको छ ।
दुई देशबीच हुने खेलका लागि अल्डरसट टाउन फुटबल क्लबले अखिल नेपाल फुटबल संघ (एन्फा) र इंग्ल्याण्ड फुटबल एसोसिएसनसँग सम्झौता गरिसकेको छ । यस्तै, नेपाली राष्ट्रिय टोलीका आयुष घलान, दीप कार्की र सुरज जिउ ठकुरीलाई बाहिर राख्दै इंग्ल्याण्ड ‘सी’ विरुद्ध हुने मैत्रीपूर्ण खेलका लागि प्रारम्भिक टोलीको घोषणा गरिएको छ ।
मलेसियासँग भएको मैत्रीपूर्ण खेल र फिफा विश्वकप २०२६ र एएफसी एसियन कप २०२७ को संयुक्त छनोटअन्तर्गत बहराइनसँगको दोस्रो चरणको खेलमा पनि उनीहरूलाई समेटिएको थिएन । गत फागुन १८ गते मलेसिया र बहराइनविरुद्ध हुने खेलका लागि एनेसले आयुष, दीप र सुरजसहित ३३ जनालाई प्रारम्भिक टोलीमा बोलाउनुभएको थियो । तर, फागुन २९ गते घोषणा गरिएको २३ सदस्यीय टोलीमा भने यी तीन खेलाडी परेनन् ।
नेपालको प्रारम्भिक टोलीमा गोलकिपर अभिषेक बराल, विशाल सुनार, किरण चेम्जोङ, सन्तोष महत हुनुहुन्छ । यस्तै, डिफेण्डरमा अभिषेक लिम्बू, अनन्त तामाङ, विमल पाण्डे, विशाल बस्नेत, छिरिङ लामा, रोहित चन्द, सनिश श्रेष्ठ, शौभाग्य राई, अजय चौधरी, योगेश गुरुङ रहनुभएको छ । यस्तै, मिडफिल्डरमा भरत खवास, लाकेन लिम्बू, मणिकुमार लामा, मनिष डाँगी, उत्सव राई, फत्तेमान घले, रोहन कार्की रहनुभएको छ भने फरवार्डमा अञ्जन विष्ट, दिनेश हेन्जन, जेलेस्पेजंग कार्की, हिसुब थपलिया, समीर तामाङ, सञ्जीव विष्ट र राजेश परियार हुनुहुन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच