काठमाडौं । रीता केसीको स्वरमा रहेको गीत ‘अस्तिको व्यथा हिजोको कथा’ सार्वजनिक भएको छ । आम गीतभन्दा फरक, मानवीय जीवनसम्बन्धी गहन अभिव्यक्ति रहेको यो गीत नृपध्वज खड्काले रचना गर्नुभएको हो ।
राम धिमालको संगीत, मनोहर सुनामको संगीत संयोजन र भोला पौडेलको मिक्सिङ/माष्टरिङ रहेको गीतको भिडिओ वीरेन्द्र भाट ‘विपिन’को निर्देशन, छायांकन र सम्पादनमा तयार भएको हो । वल्र्ड कभर मिडियाको पोष्ट प्रोडक्सनमा निर्मित गीतको भिडिओमा लोकेश भाटको सह-सम्पादन छ ।
गीतले सकारात्मक सन्देश प्रस्तुत गरेको छ । जीवनका अनेकन कठिनाई र उतारचढावका बाबजुद भोलिप्रति आशावादी भएर बाँच्ने प्रेरणा गीतमा व्यक्त गरिएको छ । व्यथाहरू कथा बन्दै जान्छन् र त्यस्ता कथा बिर्सँदै काँडाबीच पनि फुल्ने विश्वासले अघि बढ्दै जानुपर्छ, गीतमा व्यक्त गरिएको छ । गीतको भिडियो रीता केसी युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच