वर्तमान शासन, सत्ताका वरपर लुटतन्त्र हाबी छ : सांसद केसी

फाईल तस्बिर

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडाैं । नेपाली काँग्रेसका सांसद अर्जुननरसिंह केसीले देशमा लुटतन्त्र व्याप्त भएकाले नागरिकहरु निराश रहेको बताउनुभएको छ ।

आईतवार काठमाडौंमा स्व.सूर्यबहादुर थापाको नवौं स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले वर्तमान शासन, सत्ताका वरपर लुटतन्त्र हाबी भएको बताउनु भयो । उहाँले देश असन्तोष, अराजकता र बिद्रोहतिर उन्मुख भएको बताउनु भयो । उहाँले अहिलेको परिस्थितिलाई सम्हाल्न सबै राजनीतिक दलहरु एक हुनुपर्ने आवश्यकता रहेको बताउनु भयो । उहाँले देशको राष्ट्रिय अवस्था सोचेको जस्तो सहज नरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अहिले राष्ट्रिय परिस्थिति नाजुक छ । आम जनतामा निराशा छ । असन्तोष छ । यथास्थितिवाद छ । यथास्थिति भन्नाले अहिलेको अवस्थाको बिरोधमा छ । वर्तमान शासन, सत्ताका वरपर लुटतन्त्र छ । लुटतन्त्रबाट देश वास्तवमै असन्तोष छ । त्यसैले जहाँ जहिले पनि निराशा र असन्तोष छ । असन्तोषबाट अराजकता, अराजकताबाट बिद्रोहतिर उन्मुख छ । यो परिस्थिति जुन देखिएको छ, त्यसलाई सम्हाल्नुपर्ने सबै राजनीतिक दलहरुलाई चुनौति छ । हामी जति सजिलो सम्झिरहेका छौँ, त्यति सजिलो राष्ट्रिय अवस्था छैन । चाहे आर्थिक होस् हामी अत्यन्त नाजुक स्थितिबाट गुज्रिरहेका छौँ । कुन दिन असफल राष्ट्रतिर उन्मुख हुने स्थिति छ । अन्तर्राष्ट्रिय परिस्थिति त्यत्तिकै जटिल र चुनौतिपूर्ण छ । तत्कालै नदेखिएको होला, तर गम्भीर बन्दै गइरहेको छ ।’

नेता केसीले परराष्ट्रनीतिलाई राष्ट्रिय सहमतिको साझा दस्ताबेज बनाउनुपर्ने आवश्यकता रहेको बताउनु भयो । उहाँले अहिले सरकार सरकार जसरी चल्न नसकेको बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?