राष्ट्रिय मिडिया महोत्सव शुरु

विवेक खड्का दाङ, संवाददाता
Read Time = 1 min

दाङ । नेपाल पत्रकार महासंघ दाङ शाखाले आयोजना गरेको राष्ट्रिय मिडिया महोत्सव घोराहीमा शुरु भएको छ ।

महोत्सवको उद्घाटन नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सुचना प्रविधि मन्त्री रेखा शर्माले गर्नुभयो । मिडिया सम्बन्धी सम्पूर्ण सरोकारवाला निकाय, राष्ट्रिय स्तरका वरिष्ठ पत्रकारहरु, मिडिया विज्ञ र जनप्रतिनिधिहरुको उपस्थितिमा भैसक्नु भयको छ ।

पत्रकार महासंघको साधारण सभा एवं अधिबेशनसँगै संघियता, विकास र मिडिया विषयक बहस कार्यक्रम हुनेछ । जसमा संघीय सरकार, प्रदेश सरकार, स्थानीय सरकार र मिडिया बिज्ञहरु वक्ताको रुपमा रहनुहुने छ ।

दोस्रो दिन वैशाख ४ गते मिडियाको सामर्थ्य र भविष्य, नैतिकताको कसीमा मिडिया, मिडियामा समावेशी सवाल, हिजोका मिडिया र आजका मिडिया, कानुन निर्माण र मिडिया साक्षरतालगायतका विषयमा छुट्टाछुट्टै बहस हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?