काठमाडौं । विश्वव्यापीरूपमा प्रसिद्ध ब्राण्ड जिडब्लुएमको नेपालस्थित आधिकारिक वितरक-भिजी इम्पेक्स प्रालिले नेपाली नयाँ वर्ष २०८१ का अवसरमा आकर्षक ‘शानदार नव वर्ष २०८१’ योजना ल्याएको छ । अफर जिडब्लुएमका लोकप्रिय मोडेल हाभल-एचसिक्स, जोलायन, इलेक्ट्रिक ओरा ०३ र पावर पिकअप गाडीमा लागू हुनेछ । जिडब्लुएमका मोडलमा ल्याइएका यी अफरमार्फत् ग्राहकले उल्लेखनीय लाभ पाउने कम्पनीको दाबी छ ।
ओरा ०३ इभीमा भारी नगद छुट, फ्री एसेसरिज, एक वर्षसम्मको बिमा र फास्ट चार्जरसहित पाँच लाखसम्मको फाइदा पाइनेछ । हाभलका एचसिक्स र जोलायनमा ८.५ लाखसम्मको फाइदासहित नगद छुट, एक वर्षसम्मको बिमा, एक्सचेन्ज बोनस र फ्री एसेसरिज साथै पावरमा १० लाखसम्म फाइदासहित इलेक्ट्रिक सनरूफ, लेदर सिट्स, सिक्स एयरब्याग र रिभर्स पार्किङ क्यामेरा समावेश रहेको कम्पनीले जनाएको छ । उल्लेखित सुविधामार्फत् अटोमोटिभ उत्साहीहरूले उत्कृष्ट ड्राइभिङ अनुभवसाथ नयाँ वर्ष अविष्मरणीय बनाउन सक्ने कम्पनीको विश्वास रहेको छ ।
नयाँ वर्ष इलेक्ट्रिक गाडी उत्साहीहरूले जिडब्लुएमको प्रिमियम इभीओरा ०३ मा पाँच लाखसम्मको फाइदाका साथ फ्री एसेसरिज, आकर्षक नगद छुट, एक वर्षसम्मको बिमा, एक्सचेन्ज बोनस सुविधा प्राप्त गर्न सक्नेछन् । निःशुल्क फास्ट चार्जर र पावर ब्याट्री ड्राइभ मोटर र मोटर कन्ट्रोलरमा आठ वर्षसम्म एक लाख ५० हजार किलोमिटर वारेन्टीलगायतका सुविधा लिई वातावरणमैत्री र सहज यात्राको अनुभव लिन सकिने कम्पनीले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच