![काठमाडौं उपत्यका : जहाँ एकै दिन घुम्न सकिन्छ विश्व सम्पदामा सूचीकृत ७ सम्पदा (तस्बिरहरु)](https://ehimalayatimes.com/wp-content/uploads/2024/07/bauddha-stup.jpg)
भोजपुर । भोजपुरमा लुटपाटमा संलग्न रहेको भन्दै प्रहरीले एक जनालाई नगद, हतियार र गरगहना सहित पक्राउ गरेको छ ।
जिल्लाको उत्तर षडानन्द नगरपालिका वडा नम्वर दुई की ५८ वर्षीया किपासाङ ल्हामु शेर्पामाथि हतियारधारी व्यक्तिले आइतबार बिहान नौ बजेतिर लुटपाट गरेका थिए ।
षडानन्द नगरपालिका वडा नम्वर नौ स्थित जुगे जंगलमा हतियार देखाउँदै शेर्पाले लगाएको सुनका गरगहना र नगद लुटेर अपरिचित पुरुष फरार भएको जानकारी प्रहरीले प्राप्त गरे पछि खोजी कार्य सुरु गरिएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी प्रमुख डिएसपी सुदिपराज पाठकले बताउनुभयो ।
घटनामा वैद्य समूहका कार्यकर्ताको संलग्नता यकिन भएको प्रहरीले जनाएको छ । घटनामा संलग्नको खोजीका लागि भोजपुर प्रहरीले विशेष टोली परिचालन गरेको थियो । इलाका प्रहरी कार्यालय दिंलाबाट खटिएको प्रहरी निरीक्षक कैलाशकुमार अधिकारी नेतृत्वको टोलीले लुटपाटमा संलग्न व्यक्तिलाई राती नै पक्राउ गरेको प्रहरी प्रमुख डिएसी पाठकले जानकारी दिनुभयो । घटनामा संलग्न भोजपुरको टेम्केमैयुङ गाउँपालिका वडा नम्वर एक तिम्माका ३७ वर्षीय सुमित भनिने सुमत परियारलाई पक्राउ गरिएको प्रहरी प्रमुख डिएसपी पाठकले बताउनुभयो ।
परियारलाई षडानन्द नगरपालिका नौ भुल्केस्थित जंगलबीचको मूल बाटोबाट पक्राउ गरिएको हो ।
थप अनुसन्धान सहित कानुनी प्रक्रियाका लागि सोमबार परियारलाई जिल्ला प्रहरी कार्यालय भोजपुर ल्याईएको थियो । परियारले यसअघि पनि विभिन्न मुद्दामा दोषी ठहर भई कैद सजाय भुक्तान गरेको प्रहरीले जनाएको छ । प्रहरी प्रमुख डिएसपी पाठकका अनुसार पक्राउ परेका परियारको साथबाट एउटा सेमी अटोमेटिक पेस्तोल, म्याग्जिन, सानो पेस्तोलमा प्रयोग हुने ११ राउण्ड गोली, नौ हजार ५० रूपैयाँ नगद र सुनका गरगहना बरामद भएको छ ।
प्रारम्भिक सोधपुछकाक्रममा परियारले घटनामा आफ्नो संलग्नता स्वीकार गरि सकेका छन् । परियार यसअघि तीन वर्ष छ महिना जेल बसेर छुटेका थिए । सजाय भुक्तान गरेर कारागारमुक्त भएपछि पुनः उनी अपराधमै संलग्न भएको भोजपुर प्रहरीले उल्लेख गरेको छ । घटनाको विस्तृत अनुसन्धान अघि बढाइसकिएको प्रहरीले जनाएको छ ।
पछिल्लो समय मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)मा आवद्ध परियार त्यसअघि नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा हुँदै धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा (बहुमत)मा आवद्ध थिए । विभिन्न अपराधिक घटनामा संलग्न परियारलाई प्रहरीले यसअघि २०७६ साल फागुन २१ गते पक्राउ गरेर मुद्दा चलाएको थियो ।
पक्राउ परेका परियारविरुद्ध हातहतियार खरखजना र डाँका मुद्धा चलाउन सोमबार अदालतबाट म्याद थप गरेर अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाइएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच