काठमाडौं । स्रष्टाहरूको प्रजातान्त्रिक योगदानको इतिहास संंमरण गर्दै ‘स्रष्टा-चैत्र ३०’ कार्यक्रमको आयोजना गरियो । लेखक कुञ्ज थापागाउँमा आयोजना भएको उक्त कार्यक्रमको सभापति साहित्यकार मनाज न्यौपने रहनुभएको थियो भने प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति बैरागी काइला रहनुभएको थियो ।
२०६३ साल चैत ३० गते प्रहरी दमनका बीच सञ्चालन भएको स्रष्टाहरूको विरोध प्रदर्शनदेखि यता वर्षैपिच्छे उक्त दिनको स्मरण गर्दै यो कार्यक्रम आयोजना हुँदै आएको जानकारी कार्यक्रममा दिइएको थियो । कार्यक्रममा साहित्यकार ज्ञानुवाकर पौडेल र लक्ष्मी माली सम्मानित हुनुभएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि बैरागी काइँलाले नेपालका विभिन्न आन्दोलनहरूमा स्रष्टाहरूको योगदान रहेको छ भन्नुभयो । स्रष्टाहरूले प्रजातन्त्र स्थापना गर्नका लागि योगदान गर्नेमात्र हो त्यसपछिको काम जनप्रतिनिधिहरूको हो उहाँले भन्नुभयो । उहाँले राजनीतिज्ञहरूले यसतर्फ ध्यान नदिने हो भने पुनः निरंकुशतातर्फ देश धकिलिन सक्ने धारणा राख्नुभयो ।
प्रकाश सिलवालद्वारा सञ्चालित उक्त कार्यक्रममा कोषराज न्यौपाने, बाबा बस्नेत नेपाल प्रज्ञाप्रतिष्ठानका सदस्य सचिव डा.धनप्रसाद सुवेदी तथा सम्मानितका तर्फबाट लक्ष्मी मालीले आआफ्ना विचार राख्नुभएको थियो । डा.सुवेदीले स्रष्टाहरू समाजको सचेत वर्ग भएका कारण उहाँहरूबाट प्रजातान्त्रिक अभियानमा योगदान भएको हो भन्नुभयो । कार्यक्रमको अन्त्यमा सभापति न्यौपानेले २०६३ साल चैत ३० गते गोली चलिरहेको अवस्थामा स्रष्टाहरूले विरोध कार्यक्रम सञ्चालन गरिरहेको घटनाको स्मरण गर्नुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच