काठमाडौं । आज चैत्र शुक्ल अष्टमी अर्थात् चैतेदशैँ पर्व मनाइँदै छ । यो पर्वमा शक्तिस्वरूपा भगवतीको आराधना गरिन्छ । चैत्र शुक्ल पक्षलाई ‘वासन्ती नवरात्र’ भनिन्छ।
शारदीय नवरात्रमा जस्तै ९ दिनसम्म देवीको उपासना गर्ने परम्परा छ। नवरात्रको पूरै विधि नगर्नेले भने अष्टमीमा देवीको आराधना गर्छन्।
चैत शुक्ल अष्टमीका दिन उपत्यकाभित्र गुह्येश्वरी, दक्षिणकाली, शोभा भगवती, रक्त काली, नक्साल भगवती, मैतीदेवी र सङ्कटामा बिहानैदेखि दर्शनार्थीको घुइँचो लाग्ने गर्छ ।
तलेजु भवानी, हनुमान ढोका दरबार स्क्वायर, भक्तपुर दरबार स्क्वायर लगायतका उपत्यकाका मन्दिरहरूमा आज बलि दिइन्छ र यस्ता बलि दिने कार्यक्रममा नेपाली सेनाको समेत सहभागिता रहन्छ ।
धार्मिक मान्यता अनुसार आजकै दिन मर्यादा पुरुषोत्तम श्री रामचन्द्र आफ्नो १४ वर्षे वनवास सकाएर अयोध्या फर्किएको खुसियालीमा मनाउने गरिन्छ ।
त्यसै गरी भगवान् रामलाई रावणको वध गर्न देवी दुर्गाले मद्दत गरेको विश्वासमा राम अनि दुर्गा लगायत अन्य धेरै देवीदेवताको पूजा गरेर चैते दसैँ मनाइन्छ ।
चैते दसैँमा पनि दुर्गा पूजा गरी मिष्टान्न भोजन चढाइन्छ । घरमा उपलब्ध खाद्यान्न परिकारहरूलाई बनाई तुल्याई खाई छोरी चेली लगायत दिदी–बहिनीलाई बोलाएर खुवाउने र रमाइलो गर्ने चलन छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच