काठमाडौं । पछिल्लो समय घरजग्गा कारोबारमा सुधार हुँदै गएको छ । फागुन महिनाको तुलनामा चैत महिनामा घरजग्गाको राजस्व संकलन ३५ करोड रुपैयाँले बढेको छ । चैतमा झण्डै चार अर्ब रुपैयाँ राजस्व संकलन भएको थियो भने ५० हजार घरजग्गाको कारोबार भएको थियो । फागुनमा घरजग्गा कारोबारबाट साढे तीन अर्ब रुपैयाँ राजस्व संकलन भएको थियो । फागुनमा ५१ हजार घरजग्गा कारोबार हुँदा तीन अर्ब ५९ करोड २६ लाख रुपैयाँ राजस्व संकलन भएको हो ।
अघिल्लो महिना माघमा घरजग्गा कारोबारबाट तीन अर्ब ३७ करोड ५७ लाख रुपैयाँ राजस्व संकलन भएको थियोे । माघको तुलनामा चैतमा ५७ करोडले राजस्व संकलन बढेको हो ।
भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार चैतमा रजिष्ट्रेसन दस्तुरबापत दुई अर्ब ४९ करोड १७ लाख ९४ हजार, पुँजीगत लाभकरबापत एक अर्ब ४६ करोड ९१ लाख सात हजार, देशभरका मालपोत कार्यालयबाट सेवा दिएबापत सेवा करबापत ३१ करोड ५२ लाख ५० हजार, मुख्यमन्त्री स्वच्छता अभियान कोष शुल्क तीन करोड ४७ लाख, साढे ९८ हजार बिलम्ब शुल्क र अन्य विभिन्न सेवामार्फत् राजस्व संकलन भएको हो ।
विभागका अनुसार चैतमा कुल ५० हजार दुई सय ५२ लिखत पारित भएका छन् भने पाँच हजार आठ सय ८६ वटा नामसारी भएको छ । ११ हजार दुई सय ५० वटा संशोधन हुँदा ३९ हजार आठ सय २२ जग्गा रोक्का भएको छ भने २९ हजार दुई सय ४७ फुकुवा र चार सय ४४ जग्गा बाँडफाँट भएको छ । चैतमा सबैभन्दा बढी राजस्व संकलन गर्नेमा लगनखेल मालपोत कार्यालय रहेको छ । जसले ३९ करोड ६२ लाख १७ हजार रुपैयाँ राजस्व संकलन गरेको हो । कुल ३९ करोड ६२ लाख १७ हजार राजस्वमा लगनखेल मालपोत कार्यालयले संकलन गरेको राजस्व ९.९६ प्रतिशत हो । मालपोत कार्यालय भक्तपुरले चैतमा २७ करोड ६७ लाख ६६ हजार संकलन गरेको छ भने कलंकी मालपोतले २५ करोड ७६ लाख ७३ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । डिल्लीबजार मालपोत कार्यालयले २४ करोड ५९ लाख ४६ हजार रुपैयाँ संकलन गरेको छ भने चाबहिलले २३ करोड २१ लाख ८१ हजार राजस्व संकलन गरेको छ । भक्तपुरले चैतमा नौ सय ६९ लिखत पारित गरेको छ भने कलंकीले सात सय ३१, डिल्लीबजारले दुई सय पाँच र चाबहिलले चार सय ९१ लिखत पास गरेको छ ।
चितवन मालपोतले १३ करोड ६० लाख रुपैयाँ ७५ हजार, सुनसरीको इनरुवा मालपोतले १२ करोड ८१ लाख ८७ हजार र कास्की मालपोतले ११ करोड ६१ लाख ८४ हजार राजस्व संकलन गरेका छन् । चितवन मालपोतले फागुनमा आठ सय ९६, कास्कीले छ सय ७० र इनरुवाले दुई हजार ८२ लिखत पारित गरेको छ ।
लिखत पारितका हिसाबले फागुनमा जनकपुरबाट एक हजार आठ सय ३२, भद्रपुरबाट एक हजार आठ सय ३५, बेलबारीबाट एक हजार सात सय ९९, राजविराजबाट एक हजार तीन सय दुई, जलेश्वरबाट एक हजार ५४ र मलंगवाबाट एक हजार एक सय ८२ लिखत पारित भएका छन् । त्यस्तै, सिरहाबाट एक हजार ९८, तौलिहवाबाट नौ सय ६३ र विराटनगरबाट नौ सय ५४ लिखत पारित भएका थिए । चैतमा गोरखाको सिर्दिबास मालपोतले सबैभन्दा कम ८३ हजार ७५ रुपैयाँमात्रै राजस्व संकलन गरेको भने मालपोत कार्यालय मुस्ताङले ९८ हजार पाँच सय ७५ रुपैयाँ राजस्व संकलन गरेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच