
बुटवल । नेकपा एमालेबाट लुम्बिनी प्रदेश सरकारमा पाँच जना मन्त्री बन्ने भएका छन् ।सरकारको भागबण्डामा एमालेले पाँच मन्त्रालय पाएको हो ।
त्यस्तै माओवादी केन्द्रले मुख्यमन्त्रीसहित तीन मन्त्रालय पाउने सहमति भएको छ । भने नाउपा, जसपा र स्वतन्त्र सांसदले एक(एक मन्त्रालय पाउने भएका छन् ।
यसैबीच एमालेले सरकारमा पठाउने पाँच मन्त्रीको नाम टुंगाएको छ । एमालेबाट चेतनारायण आचार्य यसअघि नै मन्त्री रहेका छन् र उनले अर्थ मन्त्रालयको जिम्मेवारी पाउनुहुने भएकाे छ ।
त्यस्तै भूमिश्वर ढकालले सहरी ढकाल, दिनेश पन्थीले गृह, अर्जुनकुमार केसीले सामाजिक विकास र रत्न खत्रीले वन मन्त्रालयको जिम्मेवारी पाउनु हुने भएकाे छ ।
नयाँ मन्त्रीहरुलाई बेलुकी ५ बजे शपथ ग्रहण गराउने कार्यक्रम तय भएको छ ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच