टिभिएसको नयाँ अफर

Read Time = 1 min

काठमाडौं । टिभिएसले नयाँ खरिदकर्तालार्ई लक्षित गर्दै नयाँ सफर बिनाकर अफर नामक योजना ल्याएको छ । अफरअन्तर्गत हरेक बाइक र स्कुटर खरिदमा तिर्नुपर्ने खरिद वर्षको सडककर र अर्को एक वर्षको सडककर टिभिएस आफंैले तिर्नेछ । टिभिएसको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले अफर देशभित्रका सबै ठाउँमा लागू गरेको छ ।

साथै कम्पनीले आफ्ना बाइक र स्कुटर खरिद सहज बनाउन आकर्षक फाइनान्स सुविधा पनि ल्याएको छ जसअन्तर्गत २५ प्रतिशतको डाउन पेमेन्ट र शून्य प्रतिशत ब्याजदरमा टिभिएसका बाइक र स्कुटर खरिद गर्न सकिनेछ । जगदम्बा मोटर्स प्रालि नेपालमा टिभिएसका दुर्ईपांग्रे सवारीसाधनका लागि आधिकारिक वितरक हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?